मेटाले दुईओटा स्क्रिन भएका स्मार्ट ग्लासेस उत्पादन गर्ने अफवाह बाहिरियो

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

मेटाले दुईओटा स्क्रिन भएका स्मार्ट ग्लासेस उत्पादन गर्ने अफवाह बाहिरियो

काठमाडौं ।

यस महिना मेटा कनेक्ट कार्यक्रममा सीईओ मार्क जुकरबर्गले यस पटक स्क्रिन भएको कम्पनीको सबैभन्दा नयाँ स्मार्ट ग्लासेसको रुपमा मेटा रे–ब्यान डिस्प्ले प्रस्तुत गरे।

यी ग्लासेसहरू वास्तविक एआर भने नभएको र मेटाले त्यसको लागि कडा परिश्रम गरिरहेको बताइएको छ। तर कम्पनीले वास्तविक एआर ग्लासेस अघि अर्को आश्चर्य कुरा प्रस्तुत गर्ने रिपोर्ट गरिएको छ।

मार्क गर्मनले रे–ब्यान डिस्प्लेको बारेमा आफ्नो विचार साझा गर्दै यी डिभाइसहरूको सम्भावना देखेको यो पहिलो पटक भएको बताएका छन्।

साथै मेटाले यस पटक दुईओटा स्क्रिन भएका स्मार्ट ग्लासेसको अर्को जोडीमा काम गरिरहेको गर्मनले खुलासा गरेका छन्।

आश्चर्यजनक रूपमा, यी नयाँ ग्लासेसहरू भने एआर नहुने र तिनीहरू मेटाले आफ्नो ओरियन एआर स्मार्ट ग्लासेसको उपभोक्ता संस्करण लन्च गर्ने योजना बनाएको वर्षमा बाहिर आउनेछ।

एआर स्मार्ट ग्लासेस धेरै महँगो हुने कम्पनीलाई थाहा भएको हुनाले मेटाले सस्तो विकल्प प्रस्ताव गर्ने सम्भावना रहेको छ।

यस तरिकाले, कम्पनीले अझै पनि उपभोक्ताहरूलाई स्मार्ट ग्लासेस प्रयोग गर्नका लागि मनाउन सक्ने र तिनीहरूले देखेको कुरा मन पराएको खण्डमा कम्पनीले उनीहरूलाई दीर्घकालीन ग्राहकको रूपमा सुरक्षित गर्न सक्नेटेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया