टिभीएस अपाचे आरटीआर १६० २भी एफआई र टिभीएस रेडर आईगोको औपचारिक शुभारम्भ

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

टिभीएस अपाचे आरटीआर १६० २भी एफआई र टिभीएस रेडर आईगोको औपचारिक शुभारम्भ

काठमाडौं ।

दुई पांग्रे तथा तीनपांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे आरटीआर १६० २भी एफआई र टीभीएस रेडरआईगोको भव्य उद्घाटन गरेको छ।

यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृंखलालाई थप मजबुत र व्यापक बनाउने कम्पनीले जनाएको छ।

अपाचे आरटीआर १६० २भी एफआई बलियो रेसिङ्ग परम्परासहित डिजाइन गरिएको छ, जसले रोचक र रोमाञ्चक सवारी अनुभव दिने लक्ष्य राख्छ। यो मोटरसाइकलले गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ।

यसमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड जस्ता सुविधाहरू समावेश छन्।

कम्पनीका अनुसार रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकल प्रेमीहरू यसका प्रमुख लक्षित ग्राहक हुन्। विश्वव्यापी रूपमा, टीभीएस अपाचे ६५ लाख भन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।

नेपालका युवा तथा प्रविधि–प्रेमी राइडरहरूलाई लक्षित गर्दै टीभीएस रेडरआईगोप्रस्तुत गरिएको हो। लोकप्रिय घरेलु संस्करणकै प्लेटफर्ममा आधारित यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आईगोस्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता विशेषताहरू समावेश छन्। यसले कम्युटर सेग्मेन्टलाई नयाँ परिभाषा दिँदै जेन जी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्ने कम्पनीको दावी छ।

टीभीएस अपाचे आरटीआर १६० २भी एफआई म्याट ब्लू, रेसिङ रेड र ब्ल्याक गरी तीन साथै रेडरआईगो नार्डो ग्रे र विकेड ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ।

“शुभारम्भको अवसरमा टिभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष राहुल नायकले भने, “नेपालका ग्राहकहरूले शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिन्छन्। आज हामीले सार्वजनिक गरेका दुवै मोडल – टीभीएस रेडरआईगोर टीभीएस अपाचे आरटीआर १६० २भी एफआई – अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्वितीय सवारी अनुभवसहित प्रस्तुत भएका छन्।मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा, यी नयाँ मोटरसाइकलहरू आफ्ना–आफ्ना सेग्मेन्टमा छिट्टै नै ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो पूर्ण विश्वास छ।”

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक अखिल गुप्ताले भने, “नेपालमा टीभीएस मोटरले टीभीएस अपाचे आरटीआर १६० २भी एफआई र टीभीएस रेडरआईगोको साथ नयाँ र उत्साहजनक अध्याय सुरु गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिविम्बित गर्छन्।

टीभीएसको मजबुत इन्जिनियरिङ्ग र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी विश्वस्त छौँ कि यी नयाँ मोडलहरूले नेपालको बजारमा महत्वपूर्ण प्रभाव पार्नेछन् र जेन जी राइडरहरूदेखि लिएर प्रदर्शनप्रेमीहरूसम्म सबैलाई आकर्षित गर्नेछन्।”

कम्पनीका अनुसार टीभीएस अपाचे र टीभीएस रेडर सिरिज ग्राहकहरूबीच उल्लेखनीय रूपमा लोकप्रिय हुँदै गएकाले नेपाल टीभीएस मोटर कम्पनीका लागि निरन्तर रूपमा महत्वपूर्ण बजारको रूपमा रहँदै आएको छ। बलियो प्रदर्शन र रेसिङ्ग विरासतका साथ टीभीएस अपाचे आरटीआर श्रृंखलाले नेपालका मोटरसाइकलप्रेमीहरूबीच उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।हालका वर्षहरूमा, टीभीएस रेडर आफ्नो कनेक्टेड प्रविधि, सहजता र स्टाइल लगायतका विशेषताका कारण युवा राइडरहरूको मनपर्ने रोजाइ बन्दै आएको छ जसले नयाँ पुस्ताका लक्ष्य र आकांक्षालाई पूरा गर्दछ।

उच्च प्रदर्शन, विभिन्न रङका विकल्प र किफायती मूल्यसहित, साथै नेपालभर फैलिएका ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूको मजबुत सञ्जालमार्फत, टीभीएस मोटर कम्पनीले ग्राहकहरूलाई प्रभावकारी र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जानएको छ।

इन्जिनियरिङ्ग, नवप्रवर्तन र गुणस्तरका लागि विश्वव्यापी रूपमा परिचित टीभीएस मोटरले हाल एशिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपलगायत ८० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया