
काठमाडौं ।
दुई चिनियाँ कम्पनीहरूले शनिबार सिंगापुरमा रोबोट्याक्सी सेवाहरू सुरु गर्नको लागि स्थानीय फर्महरूसँग साझेदारी गर्ने बताएका छन्। यससँगै सिटी–स्टेट (शहर–राज्य) अब “स्वायत्त ड्राइभिङ” मा विस्तार हुन लागेको छ।
राइड–हेलिङ सेवा अपरेटर ग्र्याबले अर्को वर्ष सेवाहरू सुरु गर्नको लागि चीनको विराइडसँग साझेदारी गर्ने बताएको छ।
पोनी डट एआई र कम्फर्टडेलग्रोले समान सेवाहरूमा सहकार्य गरिरहेका र नियामक स्वीकृतिको पर्खाइमा रहेको बताएका छन्।
ग्र्याबले एक विज्ञप्तिमा कम्पनीलाई स्थानीय अधिकारीहरूले पुंगगोल क्षेत्रमा दुई स्वायत्त राइड–हेलिङ सेवा लाइनहरू सञ्चालन गर्न छनोट गरेको बताएको छ।
सवारी साधनहरूको विस्तृत रूपमा अध्ययन गर्न प्रारम्भिक परिचित चरण पछि यसले विराइडबाट सन् २०२६ को सुरुदेखिको पाँच र आठ सिटमा यात्रुहरू अट्ने सवारी साधन मोडेलहरू लिन सुरु गर्ने जनाइएको छ।
जुलाईमा, विराइडले सांघाई नगरपालिका सरकारबाट स्वायत्त रोबोट्याक्सी यातायात सेवाहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो।
पोनी डट एआईले एक विज्ञप्तिमा कम्पनीले अन्य क्षेत्रहरूमा विस्तार गर्नु अघि निश्चित मार्गहरू सहित पुंगगोलमा स्वायत्त सेवाहरू पनि सुरु गर्ने योजना बनाएको बताएको छ।
साथै नियामक स्वीकृति प्राप्त गरेपछि आगामी महिनाहरूमा सेवाहरू सुरु हुने उल्लेख गरिएको छ।
पोनी डट एआईले हाल चीनका चार ठूला शहरहरू – बेइजिङ, सांघाई, ग्वाङ्झाउ र शेन्जेनमा व्यावसायिक रोबोट्याक्सी सञ्चालन गर्दै आएको छ।
टोयोटा–समर्थित कम्पनीले नोभेम्बरमा आफ्नो ल्बकमबत्र सूचीकरणबाट २६० मिलियन अमेरिकी डलर उठाएपछि दक्षिण कोरिया, लक्जमबर्ग, मध्य पूर्व र अन्य देशहरूमा आफ्नो चालकविहीन सेवा तैनाथ गर्ने अन्वेषण गरिरहेको छ।
त्यसैगरी कम्पनीले यस वर्षको अन्त्यसम्ममा आफ्नो रोबोट्याक्सी फ्लीटलाई १,००० पुर्याउने योजना बनाएको बताएको छ।
सिंगापुर सरकारले स्वायत्त ड्राइभिङ प्रविधिको अन्वेषण गरिरहेको छ भने यातायात मन्त्री जेफ्री सियोले जुनमा चीनका धेरै स्वायत्त ड्राइभिङ कम्पनीहरूको भ्रमण गरेका थिए। साथै सिंगापुरमा पहिले नै प्रविधि परीक्षण गर्ने साना क्षेत्रहरू पनि रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ आश्विन २०८२, मंगलवार