स्मार्ट ड्राइभिङ सुरक्षा त्रुटिका कारण शाओमीले फिर्ता बोलायो १ लाख १६ हजारभन्दा बढी एसयू७ ईभी

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

स्मार्ट ड्राइभिङ सुरक्षा त्रुटिका कारण शाओमीले  फिर्ता बोलायो १ लाख १६ हजारभन्दा बढी एसयू७ ईभी

काठमाडौं ।

शाओमीले आफ्नो स्ट्याण्डर्ड एसयू७ को १,००,००० भन्दा बढी युनिटहरू फिर्ता बोलाउने घोषणा गर्दैछ। ब्रान्डको पहिलो विद्युतीय सवारी साधनहरू मध्ये एक यो मोडेलमा स्मार्ट ड्राइभिङ सुविधाको समस्या देखा परेकाले फिर्ता बोलाउन लागिएको हो।

साथै यो ब्रान्डको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सेडान हो भने यो समस्याले १,१६,८८७ ईभीहरूलाई असर गर्ने छ।

चिनियाँ टेक जायन्टले ६ फेब्रुअरी २०२४ र ३० अगस्ट २०२५ को बीचमा निर्माण गरिएको एसयू७ को स्ट्याण्डर्ड संस्करण फिर्ता बोलाइरहेको छ। केही युनिटहरू एडीएएस (एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम) सक्रिय हुँदा चरम नेभिगेसन परिदृश्यहरू राम्ररी पहिचान गर्न, चेतावनी दिन वा ह्यान्डल गर्न असमर्थ हुने जस्ता समस्याबाट ग्रस्त भएको चीनको एसएएमआर (स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन) ले खुलासा गरेको छ।

सरल भाषामा भन्नुपर्दा, यदि चालकले समयमै नियन्त्रण लिन असफल भएमा यो समस्याले मूल रूपमा दुर्घटना वा टक्कर निम्त्याउन सक्ने उल्लेख गरिएको छ।

शाओमीले ओटीए रोल आउट मार्फत निःशुल्क सफ्टवेयर अपडेट प्रदान गरेर समस्या समाधान गर्ने बताएको छ। त्यसैगरी सुरक्षा चिन्ताहरू इलेक्ट्रिक सेडानको लेभल २ एसिस्टेड–ड्राइभिङ सुविधासँग सम्बन्धित छ।

शाओमी एसयू७ र वाईयू७ एसयूभी मोडेलहरूले नवीनतम शाओमी हाइपरओएस १.१०.० मा अपग्रेड पाउने कम्पनीले थप उल्लेख गरेको छ।

शाओमीले सन् २०२४ को मार्चमा तीन भेरियन्टहरूमा लन्च गरेदेखि चीनको आफ्नो घरेलु बजारमा शाओमी एसयू७ को लगभग ३४०,००० युनिटहरूहरू बिक्री गरिसकेको छ।

सन् २०२५ को जनवरीमा, शाओमीले दोषपूर्ण स्वायत्त पार्किङ प्रणालीको कारणले गर्दा आफ्नो ३०,००० युनिट इलेक्ट्रिक सेडानहरू फिर्ता बोलाउनु परेको थियो र यस समस्याले पार्किङ प्रक्रियाको क्रममा अप्रत्याशित व्यवहार निम्त्याएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया