भिभो वाई५०आई आधिकारिक रूपमा अनावरण

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

भिभो वाई५०आई आधिकारिक रूपमा अनावरण

काठमाडौं ।

गत जुलाईमा वाई५० र वाई५०एम लन्च गरेको भिभोले अब परिवारको तेस्रो सदस्यको रुपमा वाई५०आई ल्याएको छ।

वाई५०आई मा ७२०×१६०० रेजोल्युसन, ९०हर्ज रिफ्रेस रेट, १८०हर्ज टच स्याम्पलिङ रेट र १,०००–निट पीक ब्राइटनेस सहितको ६.७४ इन्चको फ्ल्याट एलसीडी स्क्रिन रहेको छ।

फोनमा मिडियाटेकको डाइमेन्सिटी ६३०० एसओसीको साथ ६जीबीको एलपीडीडीआर४एक्स र्याम र र १२८जीबीको ईएमएमसी ५.१ स्टोरेज समावेश गरिएको छ।

वाई५०आई मा १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामरा र १५वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ।

वाई५०आई मा पावर बटनमा इम्बेड गरिएको साइड–माउण्टेड क्यापेसिटिभ फिङ्गरप्रिन्ट स्क्यानर र ३.५ एमएम हेडफोन ज्याक रहेको छ भने यसले भिभोको ओरिजिन ओएस ५ माथि एन्ड्रोइड १५ चलाउने जनाइएको छ।

वाई५०आई को मापन १६७.३ × ७६.९५ × ८.१९ एमएम र तौल २०४ ग्राम रहेको छ। ब्ल्याक, अजुर र प्लेटिनम रङ्गहरूमा उपलब्ध हुने यस डिभाइसलाई १,४९९ चिनियाँ युआन (लगभग २१० अमेरिकी डलर) मा खरिद गर्न सकिने छ।

साथै वाई५० सिरिजका बाँकी मोडेलहरू जस्तै यो वाई५०आई आधिकारिक रूपमा चीनबाट बाहिर आउँछ कि आउँदैन भन्ने कुरा स्पष्ट नभएको उल्लेख गरिएको छ।

वाई५० सिरिजका बाँकी मोडेलहरू वाई५० र वाई५०एम बाट वाई५०आई लाई फरक पार्ने तथ्य भनेको यो नयाँ मोडेल केवल १५वाट वायर्ड चार्जिङ सपोर्टको साथ आउने जनाइएको छ भने अन्य दुई ४४वाट सम्म जाने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया