आईफोन १८ प्रोको विवरण लीक

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स सेप्टेम्बर १९ मा रिलिज गर्दैछ। तर त्यसअघि तिनीहरूका उत्तराधिकारीहरूको बारेमा नयाँ हल्ला बाहिरिएका छ।

प्रसिद्ध चिनियाँ लीकर डिजिटल च्याट स्टेशनका अनुसार, आईफोन १८ प्रो र प्रो म्याक्सले आफ्ना पूर्ववर्तीहरूको डिजाइन तत्वहरू कायम राख्ने भएका छन् जसमा ठूलो क्यामरा आइल्याण्ड र तीन व्यक्तिगत क्यामराहरू भित्र राखिनेछन्।

एप्पलले पछाडिको तल्लो भागमा भने थोरै पारदर्शी डिजाइन अपनाउने भनिएको छ जुन अचम्मको कुरा भएको र यदि यो अफवाह सत्य भएको खण्डमा भने नथिङ्गको जस्तो हुने संकेत देखाएको उल्लेख गरिएको छ। त्यसैगरी आईफोनहरूमा बिल्ट–इन स्टेनलेस स्टील भेपर चेम्बर हुनेछ र तिनीहरूको स्क्रिन आकारहरू वर्तमान पुस्ताबाट अपरिवर्तित रहनेछन्।

यो लीकले उल्लेख नगरे पनि एप्पलले प्रत्येक वर्ष एक मानक अपग्रेडको रुपमा नयाँ चिप प्रस्तुत गर्ने भएकोले आईफोन १८ प्रो र प्रो म्याक्समा नयाँ चिप हुने आपेक्षा गरिएको छ। एप्पलले भर्खरै १७ प्रो र प्रो म्याक्सको साथ प्रस्तुत गरिएको नयाँ डिजाइन त्याग्नेछ भन्ने आशा गर्दै हुनुहुन्छ भने त्यो पनि अन्ततः हुन सक्ने सम्भावन रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया