Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाइल फोन स्टोर सामसङ प्लाजाले ललितपुरको भैंसेपाटी चोकमा आज आफ्नो १४औं नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ।
शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले गरेका हुन्। यो शोरुमले सामसङ प्लाजाको नवीनता, गुणस्तर, र ग्राहक सन्तुष्टिलाई निरन्तर प्रदान गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ सामसङ प्लाजाले भैंसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई प्रामाणिक सामसङ उत्पादनहरू — नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य अभिनव इलेक्ट्रोनिक उत्पादनहरूको प्रदान गर्ने उद्देश्य राखेको छ। यस विस्तारसँगै सामसङले आफ्ना उपभोक्ताहरूसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवाहरू पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
उद्घाटन समारोहमा बोल्दै सामसङ प्लाजाका प्रतिनिधिले भने, “भैंसेपाटीमा हाम्रो नयाँ शोरूम खोल्न पाउँदा अत्यन्त खुशी छौँ। भैंसेपाटी आफ्नो जीवन्तता र विकासका लागि परिचित क्षेत्र हो। यो विस्तारले हाम्रो दृष्टिकोणलाई प्रकट गर्छ—ग्राहक पहुँच अझ सहज बनाउन र उन्नत प्रविधि प्रत्येक नेपाली घरधुरीमा पुर्याउन मद्दत गर्छ।”
नयाँ सामसङ प्लाजा भ्रमण गर्ने ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहयोग पुर्याओस् भन्ने हेतुले कम्पनीले विशेष अफर, आधुनिक खरिद वातावरण, र तालिमप्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने व्यवस्था गरेको छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार