Technology Khabar ५ आश्विन २०८२, आईतवार
काठमाडौं ।
साइबर आक्रमणका कारण अवरूद्ध बनेका युरोपेली विमानस्थलहरूको सेवामा आइतबारदेखि क्रमशः सुधार हुन थालेको छ । जसले उनीहरूको चेक–इन प्रणालीलाई असर गरेको छ जसले उडान रद्द गरेको छ र विगत दुई दिनहरूमा हजारौं यात्रुहरूको लागि ठूलो ढिलाइ भएको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबारदेखि ‘साइबर–सम्बन्धित अवरोध’ बाट प्रभावित भएका थिए ।
अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको विमानस्थल सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिएपछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको शनिबार जनाएका थिए ।
अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले जनाएको छ ।
शुक्रबार राति ‘साइबर आक्रमण’ को कारण ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ ओटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको थियो ।
लन्डनको हिथ्रो एयरपोर्टमा पनि चेक–इन र बोर्डिङ प्रणालीमा ‘प्राविधिक समस्या’ उडानमा ढिलाई हुनु सक्ने विमानस्थल प्रशासनले जनाएको थियो ।
ब्रसेल्स एयरपोर्टले आइतबारको निर्धारित प्रस्थानको लगभग पाँच भागको एक भाग सेवा रद्द गरिएको बताइए पनि अन्य प्रभावित विमानस्थलहरूले उनीहरूको तालिका सामान्य हुँदै गएको बताएका छन्।
लन्डन हिथ्रो र डब्लिन एयरपोर्टले उनीहरूले सफ्टवेयरको समस्या समाधान गर्ने प्रयास गरिरहँदा यात्रुहरूको प्रवाहको व्यवस्थापन पनि गरिरहेको तर सामान्य ढिलाइ भने भएको बताएका छन् ।
डब्लिन विमानस्थलले आइतबार दिनभर सामान्य रूपमा काम गर्ने अपेक्षा गरेको जनाएको छ।
हिथ्रो विमानस्थलले एक विज्ञप्तिमा भनेको छ, “एयरलाइन्ससँगको सहकार्यसँगै ‘अधिकांश उडानहरू’ नियमित सञ्चालन भइरहेका छन्।”
प्रस्थान गर्ने २५७ उडानमध्ये ४५ रद्द गरिएको र यात्रुहरूले करिब ‘३० देखि ९० मिनेट’को ढिलाइको सामना गर्नुपर्ने अपेक्षा गरिएको ब्रसेल्स विमानस्थलका प्रवक्ताले बताए।
विमानस्थलहमा शुक्रबारदेखि कोलिन्स एरोस्पेसले सञ्चालनमा ल्याएको यात्रु चेक–इन सफ्टवेयरमा साइबर आक्रमणका कारण समस्याहरू भएको बताएका थिए।
कम्पनीले शनिबार नै समस्या समाधान गर्न र सवाग्राहीलाई सकेसम्म चाँडो पूर्ण क्षमता पुनस्र्थापना गर्न सक्रियतापूर्वक काम गरिरहेको बताएको थियो ।
सन् २०२४ देखि २०२५ सम्म उड्डयन क्षेत्रमा साइबर आक्रमणमा ६०० प्रतिशतले वृद्धि भएको फ्रान्सेली एयरोस्पेस कम्पनी थेल्सले जूनमा सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख छ। रासस/एएफपी
प्रकाशित: ५ आश्विन २०८२, आईतवार