आर्टिफिसियल इन्टेलिजेन्सले कम्पनीलाई ध्वस्त पार्ने माइक्रोसफ्टका सीईओको डर

Technology Khabar ५ आश्विन २०८२, आईतवार

आर्टिफिसियल इन्टेलिजेन्सले कम्पनीलाई ध्वस्त पार्ने माइक्रोसफ्टका सीईओको डर

काठमाडौं ।

हजारौं कामदारहरूलाई असर गर्नेगरी भइरहेको रोजगारी कटौतीको निरन्तर लहरले कम्पनीलाई हल्लाएको हुनाले माइक्रोसफ्टका कर्मचारीहरूमाझ मनोबल अहिलेसम्मकै न्यून भएको बताइएको छ।

यस वर्ष कम्पनी भित्रको संस्कृतिमा ठूलो परिवर्तन देखिरहेका धेरैजनामा निरन्तर जागिरबाट निकालिने वा आर्टिफिसियल इन्टेलिजेन्सले प्रतिस्थापन गर्ने डर रहेको बताइएको छ र माइक्रोसफ्टले यस प्रविधिलाई अब पूर्ण हृदयले अँगालेको फ्युचरिज्मले रिपोर्ट गरेको छ।

यसैबीच, सीईओ सत्या नाडेलाले एआई विकास गर्ने दौडमा कम्पनीलाई सान्दर्भिक राख्न ठूलो दबाबको सामना गरिरहेको र यसले हालको अशान्तिलाई व्याख्या गर्न सक्ने उल्लेख गरिएको छ।

उनले ठूलो मात्रामा जागिर कटौती गरिरहेको अव्सथामा कम्पनीले एआईमा अर्बौं डलर पनि लगानी गरिरहेको र प्राथमिकताहरूमा गरिएको यो आमूल परिवर्तनले उनलाई कमजोर अवस्थामा पुर्याउन सक्ने उल्लेख गरिएको छ।

प्रतिस्पर्धासँग तालमेल मिलाउने प्रयास गर्दै माइक्रोसफ्ट एक टेक जायन्ट बन्नेछ भन्ने सम्भावनाको बारेमा सत्या नाडेला चिन्तित रहेको भर्जले रिपोर्ट गरेको छ।

गत हप्ता कर्मचारीहरूसँगको बैठकमा डिजिटल इक्विपमेण्ट कर्पोरेसन (डीईसी) को इतिहासबाट उनी डराएको उनले स्वीकार गरेका छन्। डीईसी सन् १९७० को दशकको सुरुवाती कम्प्युटर जायन्ट हो र रणनीतिक गल्तीहरू र आईबीएम जस्ता कम्पनीहरूको उदयका कारण चाँडै अप्रासंगिक हुन पुगेको थियो।

सन् १९९३ मा माइक्रोसफ्टले जारी गरेको एरा–डिफाइनिङ (युगलाई जनाउने) अपरेटिङ सिस्टमलाई उल्लेख गर्दै नाडेलाले विन्डोज एनटीमा योगदान पुर्याउने केही व्यक्तिहरू डीईसी ल्याबहरूबाट आएको बताएको रिपोर्ट गरिएको छ।

उनका टिप्पणीहरूले आज नयाँ एआई विशेषज्ञहरूलाई नियुक्त गर्ने इच्छालाई प्रतिबिम्बित गर्दछ भने टेक कम्पनीहरू प्रतिस्पर्धीहरूबाट प्रतिभा चोर्न खगोलीय रकम खर्च गर्न इच्छुक भएको उल्लेख गरिएको छ।

यसै क्रममा अब माइक्रोसफ्टमाथि दबाब बढ्दै गइरहेको थप उल्लेख गरिएको छ।

गत महिना, अर्बपति इलन मस्कले उनको आफ्नो पछिल्लो एआई परियोजनालाई “म्याक्रोहार्ड” भनिएको घोषणा गरेका थिए जुन टेक जायन्टलाई स्पष्ट रुपमा लक्षित गरिएको रिपोर्ट गरिएको छ।

माइक्रोसफ्टको अफिस सुइट जस्ता उत्पादनहरूको नक्कल गर्ने मस्कको प्रयास एआई प्रयोग गरेर कत्तिको सफल हुन्छ भनेर हेर्नको लागि पर्खनु पर्नेछ र नाडेलाले यदि कुनै उत्पादन अनावश्यक भयो भने उनी त्याग्न तयार भएको बताएका छन्।

अन्यथा, माइक्रोसफ्ट अहिलेको लागि एआई प्रति पूर्ण रूपमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

यस वर्षको सुरुमा, कम्पनीले एआई डाटा सेन्टरहरूमा ८० बिलियन अमेरिकी डलर लगानी गर्ने योजनाको पुष्टि गरेको थियो जुन गुगल र मेटा जस्ता केही प्रतिस्पर्धीहरूको भन्दा उल्लेखनीय रूपमा बढी भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ आश्विन २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया