Technology Khabar ५ आश्विन २०८२, आईतवार
काठमाडौं ।
मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेबाट पूर्णरुपमा संचालनमा आएको छ।
असोज ४ गते सम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।
हाल उक्त नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैकको मिति २०८२ भाद्र ३१ को परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको बताईएको छ।
असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ भन्सार कार्यालयको सेवा शुरु भएको हो।
उक्त नाकाबाट सामान आयात गर्न एकिकृत परिपत्र गरी सहजीकरण गरिसकिएको विभागका सूचना अधिकारीले उल्लेख गरेका छन्।
प्रकाशित: ५ आश्विन २०८२, आईतवार