डिस्कर्डले अर्को वर्षभित्र मेटा क्वेस्ट एप सार्वजनिक गर्ने

Technology Khabar ५ आश्विन २०८२, आईतवार

डिस्कर्डले अर्को वर्षभित्र मेटा क्वेस्ट एप सार्वजनिक गर्ने

काठमाडौं ।

मेटाले हालै आफ्ना नयाँ हार्डवेयर घोषणा बाहेक सफ्टवेयरसम्बन्धी जानकारी पनि सार्वजनिक गरेको छ।

मेटा कनेक्ट २०२५ सम्मेलनमा कम्पनीले खुलासा गरे अनुसार डिस्कर्डले मेटा क्वेस्ट हेडसेटका लागि नेटिभ एप ल्याउने भएको छ। यो एप सन् २०२६ भित्र उपलब्ध हुने बताइएको छ।

मेटाको यो विकासलाई प्राकृतिक कदम मानिएको छ किनकि भीआर क्षेत्रमा गेमिङको ठूलो उपस्थिति छ र यसमा खेल्दै गर्दा सजिलो सामाजिक र भ्वाइस कननेक्शनका लागि डिस्कर्ड उपयोगी हुनेछ। नेटिभ एप भएकाले प्रयोग अझ सजिलो र सहज हुने अपेक्षा गरिएको इन्ग्याजेटले उल्लेख गरेको छ।

मेटाले यो उपलब्धतालाई भीआर अनुभवका डेभलपरहरूका लागि नयाँ प्रयोगकर्तासम्म पुग्ने अवसरका रूपमा प्रस्तुत गरेको छ। हाल डिस्कर्डका २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको तथ्यलाई यसमा जोडिएको छ।

मेटाले यसबारे थप विवरणका लागि डिस्कर्डसँग सम्पर्क गरेको र नयाँ जानकारी आएमा अपडेट गर्ने जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया