Technology Khabar ४ आश्विन २०८२, शनिबार
काठमाडौं ।
विश्वको अग्रणी चिप निर्माता एनभिडियाले इन्टेलमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने र कम्पनीसँग सहकार्य गर्ने योजनाको घोषणा गरेको छ।
डोनाल्ड ट्रम्पको प्रशासनले इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिएको पुष्टि गरेको एक महिना पछि (ह्वाइट हाउसले कर्पोरेट अमेरिकामा गरेको पछिल्लो असाधारण हस्तक्षेप) एनभिडियाले पर्सनल कम्प्युटर प्रोडदकटहरूका साथै “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको स्तम्भ” बनाउने कस्टम डाटा सेन्टरहरूमा काम गर्न फर्मसँग साझेदारी गर्ने बताएको छ।
त्यसपछि, न्यूयोर्कमा प्रारम्भिक व्यापारको क्रममा इन्टेलको शेयर २७ प्रतिशतले बढेको टेलिग्राफले रिपोर्ट गरेको छ।
एनभिडियाको ३ प्रतिशत भन्दा बढीले वृद्धी भएको र यसको बजार मूल्य ४ ट्रिलियन अमेरिकी डलरको साथ बलियो बनेको उल्लेख गरिएको छ।
एनभिडियाले प्रति शेयर २३.२८ अमेरिकी डलरमा इन्टेलको साझा स्टक किन्न ५ अर्ब अमेरिकी डलर खर्च गर्ने बताएको छ। साथै लगानी नियामक स्वीकृतिको अधीनमा रहने थप उल्लेख गरिएको छ।
यो सम्झौताले सिलिकन भ्यालीको अग्रणी कम्पनी इन्टेलको लागि “उद्धार” प्रदान गर्दछ, र दशकौंसम्म विकासको आनन्द उठाएको यस कम्पनीको प्रोसेसरहरूले पर्सनल कम्प्युटरको उछाललाई बढावा दिएको थियो भने सन् २००७ मा आईफोनको सुरुवातले सुरु गरेको मोबाइल कम्प्युटिङ युगमा कम्पनी मन्दीमा परेको थियो।
हालैका वर्षहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको उछालको बीचमा इन्टेल अझ पछाडि परेको छ भने यस उछालले एनभिडियालाई विश्वको सबैभन्दा मूल्यवान कम्पनीमा पुर्याएको छ।
इन्टेलले गत वर्ष लगभग १९ अर्ब अमेरिकी डलर र यस वर्षको पहिलो ६ महिनामा ३.७ अर्ब अमेरिकी डलर गुमाएको छ। साथै सन् २०२५ को अन्त्यसम्ममा आफ्नो कार्यबल एक चौथाईले घटाउने अपेक्षा गरिएको छ।
यसैबीच, एनभिडियाको विशेष चिपहरूले आर्टिफिसियल इन्टेलिजेन्सको उछाललाई समर्थन गरिरहेको हुनाले कम्पनीले वृद्धि हासिल गरेको छ।
ग्राफिक्स प्रोसेसिङ युनिटहरू, वा जीपीयूहरू भनेर चिनिने चिपहरू शक्तिशाली एआई प्रणालीहरू विकास गर्न धेरै प्रभावकारी हुने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ आश्विन २०८२, शनिबार