क्यूआर कोडमार्फत हुने कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

Technology Khabar ४ आश्विन २०८२, शनिबार

क्यूआर कोडमार्फत हुने कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो
QR Code contactless Pay. Picture: freepik.com

काठमाडौं ।

जेठ महिनामा नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको छ भने रकम उल्लेख्य रुपमा ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २०८२ जेठ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको र रकम घटेको पाइएको हो।

चैतबाट वैशाखमा  जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम ५ अर्ब ३५ करोड २० लाखले बढेको थियो भने पनि कारोबार सङ्ख्या पनि १ करोड २६ लाख ६१ हजार ५३२ ले बढेको थियो।

क्यूआरमार्फत् हुने कारोबार सङ्ख्या

चैतबाट वैशाख २०८२ मा जाँदा कारोबार सङ्ख्या २ करोड १० लाख ९५ हजार ६१४ बाट १ करोड २६ लाख ६१ हजार ५३२ बढेर समग्रमा ३ करोड ३७ लाख ५६ हजार ६९६ पुगेको थियो। वैशाखबाट जेठमा आइपुग्दा १३ लाख ८९ हजार ३४२ बढेर समग्रमा ३ करोड ५१ लाख ४६ हजार ३८ पुगेको छ।

क्यूआरमार्फत् हुने कारोबार रकम

क्यूआर कोडमार्फत् हुने कारोबार रकम चैत मसान्तसम्म ९० अर्ब ८८ करोड ५ अर्ब ३५ करोड २० लाख बढेर ९६ अर्ब २३ करोड २० लाख पुगेको थियो। तर वैशाखबाट जेठमा आइपुग्दा भने २ करोड ७५ लाख ७० हजार घटेर ९३ अर्ब ४७ करोड ५० लाखमा झरेको छ।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार