माइक्रोसफ्ट गेमिङ कोपाइलट एआई असिस्टेन्ट अब विण्डोज पीसी र एक्सबक्स मोबाइल एपमा पनि उपलब्ध हुने

Technology Khabar ४ आश्विन २०८२, शनिबार

माइक्रोसफ्ट गेमिङ कोपाइलट एआई असिस्टेन्ट अब विण्डोज पीसी र एक्सबक्स मोबाइल एपमा पनि उपलब्ध हुने

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो गेमिङ कोपाइलट एआई असिस्टेन्टलाई आधिकारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने भएको छ। यसअघि यसलाई एक्सबक्स इन्साइडरहरूका लागि परीक्षण गरिएको थियो, तर अब यसलाई व्यापक रूपमा उपलब्ध गराइँदैछ।

यस अनुसार पीसी प्रयोगकर्ताले गेम बारमार्फत १८ वर्षभन्दा माथिका उमेर समूहका लागि प्रयोग गर्न पाउनेछन्। एक्सबक्स एप संस्करण भने आगामी अक्टोबरदेखि एन्ड्रोइड र आइओएस दुवैमा रोलआउट हुनेछ। यसअघि यसमा बीटा परीक्षण गरिएको थियो। माइक्रोसफ्टले गेमिङ कोपायलट चीन बाहेक विश्वव्यापी रूपमा उपलब्ध हुने जनाएको छ।

इन्ग्याजेटका अनुसार यो सुविधा वास्तवमा पुराना निन्टेन्डो हेल्प फोन लाइनजस्तै एआई संस्करण हो। खेल्दा स्क्रिनमा च्याट बक्स देखिनेछ र प्रयोगकर्ताले सोधेका प्रश्न वा खेलसँग सम्बन्धित टिप्स पाउनेछन्। कम्पनीका अनुसार यसले “तपाईं कुन खेल खेल्दै हुनुहुन्छ र तपाईंको एक्सबक्स गतिविधि बुझ्छ,” किनकि यसले इन-गेम स्क्रिनसट प्रयोग गर्दछ। यसले एक्सबक्स अकाउन्टसम्बन्धी प्रश्नको उत्तर दिन सक्ने र के किन्नु भन्ने सुझावसमेत दिनेछ।

आधिकारिक संस्करणमा भ्वाइस च्याटको सुविधा पनि छ, जसमा प्रयोगकर्ताले प्रश्न सीधा बोल्न सक्छन्। पीसीमा ‘पुस टु टक’ हटकि राखिएको छ भने मोबाइल एपमा माइक्रोफोन बटन उपलब्ध छ। पीसी संस्करणमा भिडियो विजेट पनि राख्न सकिन्छ, जसले लामो कुराकानीलाई सहज बनाउँछ।

माइक्रोसफ्टले अझै पनि यो सफ्टवेयर सुधार गर्ने प्रयास गरिरहेको छ र प्रयोगकर्ताबाट प्रतिक्रिया मागेको छ। कम्पनीले यसलाई विन्डोजमा आधारित पोर्टेबल कन्सोलहरूमा परीक्षण गरिरहेको छ। साथै, आउँदो अक्टोबर १६ मा सार्वजनिक हुने आफ्नै ‘एक्सबक्स एलाइ’ ह्यान्डहेल्ड गेमिङ मेशिनका लागि पनि यसलाई उपलब्ध गराउने तयारीमा रहेको छ।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार