सिटबेल्टमा समस्या आएपछि हुण्डाईले फिर्ता बोलायो साढे ५ लाखभन्दा बढी प्यालिसेड कार

Technology Khabar ४ आश्विन २०८२, शनिबार

सिटबेल्टमा समस्या आएपछि हुण्डाईले फिर्ता बोलायो साढे ५ लाखभन्दा बढी प्यालिसेड कार

काठमाडौं ।

हुन्डाइ मोटरले अमेरिकामा ५ लाख ६८ हजार ५८० वटा प्यालिसेड सवारी साधन फिर्ता गर्ने भएको छ। अमेरिकी यातायात सुरक्षा नियामक निकायले बिहीबार जनाएको अनुसार, यी गाडीहरूमा भएको सिटबेल्ट बकलको समस्या दुर्घटना भएको खण्डमा यात्रुलाई ठीकसँग सुरक्षित राख्न नसक्ने देखिएको छ।

टेलिग्राफीका अनुसार राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) का अनुसार यो फिर्ता आदेश २०२० देखि २०२५ मोडल वर्षका प्यालिसेड गाडीहरूमा लागू हुन्छ।

ग्राहकलाई सिटबेल्टलाई बकलमा छिटो र सीधा तरिकाले मजबुत रूपमा लगाउन र पूर्ण रूपमा जडान भएको पुष्टि गर्न बेल्ट तानेर जाँच गर्न सल्लाह दिइएको छ।

एनएचटीएसएका अनुसार सिटबेल्ट बकलमा प्रयोग भएका केही भागहरू आवश्यक मापदण्डअनुसार नबनेका कारण समस्या उत्पन्न भएको हो।

प्रकाशित: ४ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार