गृह मन्त्रालयले शुरु गर्यो सहायता कक्ष, उच्छृङ्खल गतिविधि देखिए एस.एम.एस, ह्वाट्सएप, भाईबर र फोनमार्फत जानकारी गराउन सकिने

Technology Khabar ३ आश्विन २०८२, शुक्रबार

गृह मन्त्रालयले शुरु गर्यो सहायता कक्ष, उच्छृङ्खल गतिविधि देखिए एस.एम.एस, ह्वाट्सएप, भाईबर र फोनमार्फत जानकारी गराउन सकिने

काठमाडौं ।

गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि देखिए एस.एम.एस, ह्वाट्सएप, भाइबर र फोनमार्फत जानकारी गराउन सकिनेगरी सहायता कक्ष शुरु गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो।

मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार जेनजी प्रदर्शनपछि विकसित घटनाक्रमबाट समाजमा उच्छृङ्खल गतिविधि हुन सक्ने भएकाले सर्वसाधारणको सुरक्षाका लागि स्थापित सहायता कक्षमा ‘फोन, एस.एम.एस, ह्वाट्सएप तथा भाइबर’ मार्फत् जानकारी दिन सकिने व्यवस्था गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष  गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया