Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
मेटा कनेक्ट २०२५ कार्यक्रममा इन–लेन्स डिस्प्ले भएको मेटा रे–ब्यान डिस्प्ले स्मार्ट ग्लासेस र मेटा न्यूरल ब्यान्डको घोषणा गरिएको छ। यसका साथै, कम्पनीले रे–ब्यान मेटा (जेन २) स्मार्ट ग्लासेस पनि अनावरण गरेको छ।
मेटा रे–ब्यान डिस्प्ले ग्लासेसको दायाँ लेन्समा इम्बेड गरिएको ६०० × ६००–पिक्सेलको फुल–कलर डिस्प्ले रहेको छ। हेड्स–अप डिस्प्लेले ९० हर्ज रिफ्रेस रेट, २०–डिग्री फिल्ड अफ भ्यू र ५,००० निट्ससम्मको ब्राइटनेसलाई समर्थन गर्दछ। तस्बिरहरू र भिडियोहरू जस्ता स्टरयाटिक कन्टेण्ट (स्थिर सामग्री) देखाउँदा प्यानल ३० हर्जमा रिफ्रेस हुनेछ।
डिस्प्लेले व्हाट्सएप र मेसेन्जर मार्फत टेक्स्ट म्यासेजेज र भिडियो कलहरू देखाउन सक्छ भने पालैपालो नेभिगेसन प्रदान गर्न, क्यामरा भ्यूफाइन्डरको रूपमा काम गर्न, लाइभ क्याप्सनहरू र रियल–टाइम ट्रान्सलेसनहरू पनि प्रदर्शन गर्न सक्ने बताइएको छ। त्यसैगरी यसले स्पोटिफाईमा के सुन्दै हुनुहुन्छ भनेर देखाउन सक्ने थप उल्लेख गरिएको छ। यसले मेटा एआईबाट प्रयोगकर्ताको प्रश्नहरूमा प्रतिक्रियाहरू पनि प्रदर्शन गर्न सक्ने रिपोर्ट गरिएको छ।
नयाँ रे–ब्यान डिस्प्ले ग्लासेसलाई मेटा न्यूरल ब्यान्डले समर्थन गर्ने बताइएको छ। मेटा न्यूरल ब्यान्ड एउटा एसईएमजी रिस्टब्यान्ड हो जसले जेस्चर–बेस्ड कन्ट्रोल (इशारा–आधारित नियन्त्रण) लाई सक्षम बनाउने उल्लेख गरिएको छ। यो आईपीएक्स७ रेटिङको साथ आएको र १८ घण्टासम्म ब्याट्री लाइफ प्रदान गर्ने भनिएको छ।
स्मार्ट ग्लासेसमा १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा समावेश गरिएको छ जसले ३के रिजोल्युसन (३०एफपीएस) मा भिडियो रेकर्ड गर्न सक्छ भने ३× डिजिटल जुम पनि प्रदान गर्दछ। मेटाले ग्लासेसमा दुईओटा ओपन–इयर स्पिकरहरू र ६ ओटा माइक्रोफोनहरू समावेश गरेको छ।
ब्याट्री लाइफको कुरा गर्दा, ग्लासेसको ब्याट्री मिश्रित प्रयोगको साथ ६ घण्टासम्म टिक्ने दाबी गरिएको छ भने चार्जिङ केसले २४ घण्टासम्मको प्रयोग प्रदान गर्ने जनाइएको छ।
मेटाको रे–ब्यान डिस्प्ले स्मार्ट ग्लासेसले ३२ जीबी इन्टर्नल स्टोरेज, २ जीबी र्याम, वाई(फाई ६, ब्लुटुथ ५.३ प्रदान गर्दछ र –४.०० देखि +४.०० कुल पावर बीचको आरएक्स रेञ्जको साथ प्रिस्क्रिप्शन तयार पनि रहेको रिपोर्ट गरिएको छ।
डिजाइनको हिसाबले, रे–ब्यान डिस्प्ले मानक रे–ब्यान मेटा स्मार्ट ग्लासेसको ठूलो संस्करण जस्तो देखिन्छ। ग्लासेसको तौल ६९ ग्राम रहेको छ भने आईपीएक्स४ मूल्याङ्कन गरिएको छ।
मेटा रे–ब्यान डिस्प्ले स्मार्ट ग्लासेसको अमेरिकामा ७९९ अमेरिकी डलर मूल्य कायम गरिएको छ र यो ब्ल्याक वा स्याण्ड रङ्गहरूमा उपलब्ध हुनेछ। साथै सेप्टेम्बर ३० देखि ग्लासेस खरिदको लागि उपलब्ध हुनेछ। यो सन् २०२६ को सुरुमा क्यानडा, फ्रान्स, इटाली र बेलायतमा आउने बताइएको छ।
मेटाले दोस्रो पुस्ताको रे–ब्यान मेटा स्मार्ट ग्लासेसको पनि घोषणा गरेको छ जुन अब पूर्ण चार्जमा आठ घण्टासम्म ब्याट्री लाइफ प्रदान गर्ने दाबी गरिएको छ। ग्लासेस २० मिनेटमा ५० प्रतिशत सम्म चार्ज गर्न सकिने बताइएको छ र चार्जिङ केसले ४८ घण्टासम्म अतिरिक्त प्रयोग प्रदान गर्ने भनिएको छ।
रे–ब्यान मेटा (जेन २) स्मार्ट ग्लासेसले अब ६०एफपीएस सम्म ३के भिडियो रेकर्डिङलाई समर्थन गर्नेछ। मेटाले आफ्ना सबै एआई–संचालित ग्लासेसले चाँडै हाइपरल्याप्स र स्लो–मोशन रेकर्डिङ मोडहरू पनि प्राप्त गर्नेछन् भनि घोषणा गरेको छ।
यस बाहेक अर्को आगामी सुविधामा, कन्भर्सेसन फोकस सफ्टवेयर अपडेट मार्फत आउनेछ र ग्लासेसले वरपरको आवाज कम गर्दै तपाईंले बोलिरहनुभएको व्यक्तिको आवाजलाई अलग गर्न दिनेछ।
मेटाको नयाँ जेन २ स्मार्ट चश्माको मूल्य अमेरिकामा ३७९ अमेरिकी डलर कायम गरिएको छ र यो पहिले नै खरिदका लागि उपलब्ध रहेको छ। साथै यो ग्लासेस वेफेरर, स्काइलर र हेडलाइनर डिजाइनहरूमा आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार