Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
नेपालमा चाल् आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकममा अघिल्लो महिनाको तुलनामा उल्लेख्य गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/२०८३ को पहिलो महिना साउनसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट आएको पाइएको हो।
मोबाइल बैंकिङकमार्फत् हुने कारोबार रकम जेठबाट असार मसान्तसम्म पुग्दा ७७ अर्ब ९९ करोड ८० लाख रुपैयाँले बढेर समग्रमा ५ खर्ब ३० अर्ब २८ करोड ५० लाख रुपैयाँ पुगेको थियो।
यसैगरी उक्त अवधिमा कारोबार सङ्ख्या ७७ लाख २२ हजार ३१४ बढेर समग्रमा ६ करोड ५५ लाख १५७ पुगेको थियो।
तर असार बाट साउन मसान्तसम्मको एक महिनामा कारोबार सङ्ख्यामा २३ लाख २५ हजार ५६३ ले गिरावट आएर समग्रमा भएर ६ करोड ३१ लाख ७४ छ ५९४ मा झरेको छ।
यसैगरी कारोबार रकम भने असार मसान्तबाट साउन मसान्तसम्म पुग्दा ५५ अर्ब ३४ करोड १० लाखले घटेर समग्रमा ४ खर्ब ७४ अर्ब ९४ करोड ४० लाखमा झरेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार