चीनले आफ्ना कम्पनीहरूलाई एनभिडियाबाट चिप्स किन्न प्रतिबन्ध लगायो

  • Technology Khabar | ३ आश्विन २०८२, शुक्रबार
चीनले आफ्ना कम्पनीहरूलाई एनभिडियाबाट चिप्स किन्न प्रतिबन्ध लगायो

काठमाडौं ।

चीनले घरेलु उत्पादन बढाउने उद्देश्यले आफ्ना टेक जायण्टहरूलाई एनभिडियाबाट चिप्स किन्न प्रतिबन्ध लगाएको छ।

इन्टरनेट प्राधिकरण, साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बाइटडान्स र अलीबाबा जस्ता कम्पनीहरूलाई चिनियाँ बजारको लागि विशेष रूपमा डिजाइन गरिएको आरटीएक्स प्रो ६०००डी चिपको परीक्षण रोक्न आग्रह गरेको छ।

एनभिडियाका सीईओ जेन्सेन हुआङले निर्णयमा “निराशा” व्यक्त गरे पनि र कम्पनीले चिनियाँ बजारलाई समर्थन गर्न जारी राख्ने बताएका छन्।

केही कम्पनीहरूले हजारौं युनिटहरू अर्डर गर्ने योजना बनाए पनि चिपको माग सीमित भएको रिपोर्टहरूले उल्लेख गरेको छ।

त्यसैगरी यस बारे समाचार बाहिरिए पछि एनभिडियाको शेयर वाल स्ट्रिटमा २.६ प्रतिशतले घटेको रपोर्ट गरिएको छ।

अमेरिका र चीन बीच बढेको व्यापार तनावको बीचमा यो निर्णय आएको टेलीग्राफले रपोर्ट गरेको छ।

प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार