Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
“स्टप किलिङ गेम्स” अभियानले अनलाइन भिडियो गेमहरू सट डाउन (बन्द गर्न) रोक्नको लागि लगभग १५ लाख हस्ताक्षर सङ्कलन गरेको छ।
आयोजकहरूले युरोपेली आयोगसँग बैठकको तयारी गरिरहेको र खेलाडीहरूको अधिकारको लागि लडिरहेको उल्लेख गरिएको छ। यो पहलले थप समर्थन प्राप्त गरिरहेको र जुलाईमा दस लाखभन्दा बढी हस्ताक्षरहरू पुगेपछि यो अब युरोपेली सांसदहरूसँगको प्रमुख बैठकहरू नजिक पुगेको रिपोर्ट गरिएको छ।
इनग्याजेटका अनुसार, आन्दोलनले लगभग १४ लाख ५० हजार हस्ताक्षरहरू सङ्कलन गरेको र हाल आयोजकहरूद्वारा उक्त हस्ताक्षरहरू प्रमाणित भइरहेको छ। साथै विकासकर्ताहरूले समर्थन गर्न बन्द गरे तापनि खेलाडीहरूको अधिकारको रक्षा गर्नु र भिडियो गेमहरूमा स्थायी पहुँच सुनिश्चित गर्नु यसको लक्ष्य भएको उल्लेख गरिएको छ।
युबिसफ्टको कार्य समुदायमा क्रोध जगाउने कारण बन्नको पुगेको थियो जसले डिजिटल प्लेटफर्महरूबाट द क्रु खेल हटाएको र कानुनी रूपमा खरिद गर्नेहरूका लागि पनि यसमा पहुँच रोकेको थियो।
यद्यपि सङ्कलन गरिएका हस्ताक्षरहरूको वैधताको बारेमा प्रारम्भिक चिन्ताहरू उब्जीएको र आयोजकहरूले प्रारम्भिक नतिजाहरू अनुसार तिनीहरूमध्ये लगभग ९७ प्रतिशत मान्य छन् भनि रिपोर्ट गरेका छन्।
युरोपेली आयोगको नियम अनुसार, हस्ताक्षरहरू बुझाइसकेपछि ईयू अधिकारीहरूलाई प्रमाणित गर्न ३ महिनाको समयसीमा दिइएको छ। साथै आयोजकहरूले उनीहरूले व्यक्तिगत रूपमा निवेदन युरोपेली आयोगलाई बुझाउने घोषणा गरेका छन्।
त्यसैगरी दश लाख मान्य हस्ताक्षरको न्यूनतम सीमा नाघेको हुनाले, अबको अर्को चरण भनेको युरोपेली आयोग र युरोपेली संसदका प्रतिनिधिहरूसँग बैठकहरू आयोजना गर्नु भएको उल्लेख गरिएको छ।
पहललाई आधिकारिक रूपमा पेश गरेपछि, युरोपेली संघसँग “स्टप किलिङ गेम्स” अभियानको बारेमा थप कदम चाल्ने निर्णय गर्नको लागि ६ महिना हुनेछ। यद्यपि संस्थाहरूले ठोस कदम नचाल्ने जोखिम रहेको हुनाले आयोजकहरूले तिनीहरू “यस पहललाई बेवास्ता गर्न असम्भव बनाउन तयारी गरिरहेका छन्” भनि बताएका छन्।
बैठकहरूको तयारीको एक भागको रूपमा, उनीहरूले संसदका सदस्यहरू र आयोगलाई सम्पर्क गर्ने योजना बनाउनुका साथै गेमिङ उद्योगद्वारा हुने गलत सूचना र पैरवीको सक्रिय रूपमा विरोध गर्ने योजना बनाएका छन्।
अहिलेको लागि, अभियान भने उनीहरूको डिस्कर्ड च्यानल र सामाजिक सञ्जाल मार्फत थप बारम्बार पोस्टहरू र समुदाय पहुँचको साथ जारी रहने टेलिग्राफीले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार