शाओमी १७ प्रोले पनि सेकेन्डरी स्क्रिन प्राप्त गर्ने भिडियो टिजरले पुष्टि गर्यो

Technology Khabar ३ आश्विन २०८२, शुक्रबार

शाओमी १७ प्रोले पनि सेकेन्डरी स्क्रिन प्राप्त गर्ने भिडियो टिजरले पुष्टि गर्यो

काठमाडौं ।

शाओमी १७ प्रो म्याक्ससँगै अब शाओमीले आफ्नो सानो फ्ल्यागशिप शाओमी १७ प्रोमा पनि सेकेन्डरी स्क्रिन ल्याउने भएको छ। ब्राण्डले वेईबोमा दुवै डिभाइसहरूको क्यामरा आइल्याण्डमा एकीकृत नयाँ ब्याक डिस्प्लेहरू प्रदर्शन गर्ने टिजर भिडियो साझा गरेको छ।

शाओमीले सेकेन्डरी स्क्रिनको आकार र स्पेक्सहरूको बारेमा भने कुनै अतिरिक्त विवरण साझा नगरेको बताइएको छ। डिभाइसहरूले वाच फेस, नोटिफिकेसन्स र क्यामरा भ्यूफाइन्डरको साथ धेरै डिस्प्ले विकल्पहरू प्रदान गर्ने देख्न सकिने उल्लेख गरिएको छ। वेईबो पोस्ट अनुसार, ब्याक डिस्प्लेलाई “म्याजिक ब्याक स्क्रिन” भनिने े रिपोर्ट गरिएको छ।

शाओमीले अन्तिम पटक सन् २०२१ को एमआई ११ अल्ट्रामा आफ्नो बार फोनहरूमा सेकेन्डरी स्क्रिन थप गरेको थियो। त्यस समयको सेकेन्डरी स्क्रिन धेरै सानो (१.१–इन्च एएमओएलईडी प्यानल) थियो जसले फोनको क्यामरा आइल्याण्डको कुना ओगटेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया