सामसङले ग्यालेक्सी एस२६ अल्ट्राको लागि एक्सिनोस २६०० को ठूलो उत्पादन सुरु गर्दै

Technology Khabar २ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

सामसङले यस महिना आफ्नो नयाँ एक्सिनोस २६०० चिपसेटको ठूलो उत्पादन सुरु गर्ने घोषणा गरेको छ। सामसङको नयाँ एक्सिनोस २६०० चिपसेट पहिलो २एनएम जीएए (गेट–अल–अराउन्ड) प्रविधिमा आधारित रहेका छ।

यो चिपसेट ग्यालेक्सी एस२६ सिरिजमा प्रयोग गरिनेछ भने जसमा फ्ल्यागशिप ग्यालेक्सी एस२६ अल्ट्रा पनि समावेश रहेको छ। एक्सिनोस २६०० नयाँ हीट पास ब्लक इलिमेण्टको साथ आउने बताइएको छ जसले चिपबाट ताप हटाउन मद्दत गर्दछ।

प्रारम्भिक गीकबेन्च परीक्षणहरूले आशाजनक प्रदर्शन देखाएको उल्लेख गरिएको छ र एक्सक्लिप्स ९६० जीपीयूले क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ लाई पछाडि पार्न सक्षम भएको रिपोर्ट गरिएको छ।

यस चिपको सफलताले सामसङको निर्माण व्यवसायलाई पनि सहयोग गर्ने अपेक्षा गरिएको छ जसले निन्टेन्डो र टेस्ला जस्ता कम्पनीहरूबाट अर्डरहरू आकर्षित गर्ने थप उल्लेख गरिएको छ।

सामसङको उडिभाइस सलुसन डिभिजनले तेस्रो त्रैमासिकमा लगभग ३.६ बिलियन अमेरिकी डलरको सञ्चालन नाफा रेकर्ड गर्न सक्ने विश्लेषकहरूले भविष्यवाणी गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया