यूट्युबले नयाँ एआई टुल्स थप गर्यो; नयाँ मनिटाइजेसन विकल्पहरू पनि उपलब्ध

Technology Khabar २ आश्विन २०८२, बिहीबार

यूट्युबले नयाँ एआई टुल्स थप गर्यो; नयाँ मनिटाइजेसन विकल्पहरू पनि उपलब्ध

काठमाडौं ।

‘मेड अन यूट्यूब २०२५ कार्यक्रम’ को क्रममा कम्पनीले क्रियटर्सहरूलाई उनीहरूको प्रक्रियालाई सुव्यवस्थित गर्न र संलग्नतामा मद्दत गर्ने उद्देश्यले धेरै नयाँ एआई टुल्सहरू र सुविधाहरू प्रस्तुत गरेको छ। यूट्यूबले क्रियटर्सहरू र व्यवसायहरूलाई अझ प्रभावकारी रूपमा सहकार्य गर्नको लागि मद्दत गर्ने केही नयाँ मनिटाइजेसन विकल्पहरू पनि थप गरेको छ।

यूट्यूबको शर्टस् बाट सुरु गर्दै, गुगलले आफ्नो डीपमाइन्ड भिओ ३ फास्ट जेनेरेटिभ टुल लागू गर्दैछ जसले साउण्ड (ध्वनि) को साथ शर्ट क्लिपहरूमा पृष्ठभूमिहरू सिर्जना गर्नेछ। यसमा मोसन र रिस्टाइलका लागि टुल्सहरू, सिन्स (दृश्यहरू) मा प्रोप एडिसन (थपहरू), रअ (कच्चा) फुटेजलाई ड्राफ्ट भिडियोमा परिणत गर्ने एआई सम्पादनहरू र डायलग (संवाद) लाई साउन्डट्र्याकमा रूपान्तरण गर्ने स्पीच–टु–सङ्ग फङ्गसन्यालिटी (कार्यक्षमता) समावेश छन्।

यूट्यूबले आस्क स्टुडियो नामक कन्भर्सेसनल टुल पनि प्रस्तुत गर्दैछ। यो क्रियटर्सहरूलाई उनीहरूको कार्यप्रवाह अप्टिमाइज गर्न, सुझावहरू प्रदान गर्न, राम्रो संलग्नताको लागि ए/बी परीक्षण सञ्चालन गर्न र अटो–डबिङ सक्षम गर्न मद्दत गर्न डिजाइन गरिएको रिपोर्ट गरिएको छ।

त्यसैगरी वेबसाइटले लाइभ स्ट्रिमिङ र पोडकास्टहरूमा पनि केही नयाँ अपडेटहरू ल्याउने भएको छ। डिभाइसहरूको चयनले क्रियटर्सहरूलाई फ्यान इनगेजमेण्ट (प्रशंसक संलग्नता) लाई गहिरो बनाउन, नयाँ दर्शकहरूमा पहुँच विस्तार गर्न र मनिटाइजेन ससुधार गर्न मद्दत गर्नेछ।

अर्कोतर्फ, पोडकास्टरहरूले पूर्ण एपिसोडहरूबाट शर्टस् र क्लिपहरू काट्न एआई बाट मद्दत प्राप्त गर्नेछन् भने भिओले अडियो फाइलबाट मात्र कस्टमाइजेसन योग्य भिडियो उत्पन्न गर्नेछ।

त्यसैगरी, यूट्यूबले नयाँ मनिटाइजेसन विकल्पहरू थप गर्दैछ जसले क्रियटर्सहरू र व्यवसायहरूलाई एकअर्कासँग नजिक ल्याउने उल्लेख गरिएको छ। क्रियटर्सहरूले शर्टस्मा ब्राण्ड साइटहरूमा प्रत्यक्ष लिङ्कहरू थप्न सक्षम हुनेछन् भने यूट्यूब शपिङ चाँडै नै थप बजार र व्यापारीहरूसम्म पुग्ने जनाइएको छ। साथै एआईले सजिलो इन्टिग्रेसनको लागि प्रोडक्ट ट्यागिङमा पनि मद्दत गर्ने उल्लेख गरिएको छ।

नयाँ टुल्सहरू र सुविधाहरू सन् २०२५ को अन्त्य र सन् २०२६ को सुरुमा बिस्तारै रोल आउट हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया