Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
शाओमीले यस महिनाको अन्त्यतिर शाओमी १७, शाओमी १७ प्रो र शाओमी १७ प्रो म्याक्स गरी तीनओटा हाई–इण्ड स्मार्टफोनहरू अनावरण गर्दैछ। साथै कम्पनीले एप्पलको नामकरण योजनालाई समात्नको लागि १६ नम्बर छोडेको पहिले नै पुष्टि गरिसकेको छ।
यसै क्रममा अब बुधबार चीनमा शाओमी १७ प्रोको क्यामरा सेटअपको बारेमा केही विवरणहरू बाहिरिएका छन्। फोनमा एफ÷१.६७ एपर्चर भएको ५० मेगापिक्सेलको मुख्य शूटर रहने बताइएको छ। टेलिफोटो क्यामरामातर्फ भने एफ÷३.० एपर्चर र ११५ एमएम फोकल लेन्थ हुनेछ जसले ५× अप्टिकल जुम प्रदान गर्नेछ।
त्यसैगरी, अल्ट्रावाइड क्यामरामा १७ एमएम फोकल लेन्थ हुने भनिएको छ। यस बाहेक, सम्पूर्ण क्यामरा प्रणाली लाइका ब्रान्डेड हुने थप उल्लेख गरिएको छ। शाओमी १७ प्रो म्याक्समा भने फरक क्यामरा सेटअप हुने चाखलाग्दो कुराको खुलासा गरिएको छ। त्यसैले प्रो र प्रो म्याक्सको आकार र ब्याट्री क्षमता बाहेक अन्य स्पेक्स समान नभएको रिपोर्ट गरिएको छ।
प्रो मोडेल र ‘भेनिला’ १७ को आकार लगभग उस्तै हुनुपर्ने अनुमान गरिएको छ भने भेनिला १७ मा सम्भवतः अन्य दई प्रो मोडेलहरुको तुलनामा कम दक्ष क्यामरा सेटअप हुने उल्लेख गरिएको छ। यस अघि प्रोमा १२० हर्ज रिफ्रेस रेटको साथ ६.३ इन्चको डिस्प्ले हुने हल्ला गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार