Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
सियोलले यस हप्ता सार्वजनिक यातायातको नयाँ रूप लन्च गर्दैछ। हान नदीको किनारमा रहेको इकोलोजिकल बोट (डुङ्गा) प्रणालीको रुपमा “हाङ्गाङ बस” नामक सार्वजनिक यातायातको नयाँ रूप लन्च गर्न लागेको हो।
आठओटा वाटरक्राफ्ट (जलयान/जहाज) ले पश्चिममा मागोकदेखि दक्षिणमा जमसिलसम्म सातओटा स्टेशनहरू जोड्नेछन् र यसको कुल यात्रा समय १२७ मिनेट हुनेछ।
त्यसैगरी अक्टोबर १० देखि, व्यस्त समयमा, एक्सप्रेस लाइनहरू प्रस्ताव गरिनेछ जसमा यात्रा समय ८२ मिनेटमा घटाइनेछ र प्रत्येक १५ मिनेटमा फ्रिक्वेन्सीहरू हुनेछन्।
“जहाजहरू” ले निःशुल्क वाई–फाई, साइकल राख्ने ठाउँ, ह्वीलचेयर र आरक्षित सिट जस्ता थप सेवाहरू प्रदान गर्नेछन्।
शहरका अधिकारीहरूले परियोजनाले ट्राफिकलाई सहज बनाउने र नागरिक प्रतिक्रियाको आधारमा थप सुधार गरिने बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार