Technology Khabar १ आश्विन २०८२, बुधबार
काठमाडौं ।
रेसिङ अटोमोबाइल्सले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल’ सार्वजनिक गरेको छ। बुधबार काठमाण्डौँको अनामनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त प्रमोसनल जिङ्गल सार्वजनिक गरिएको हो।
यस जिङ्गललाई विभिन्न सामाजिक सञ्जालहरूमा रेसिङ अटोमोबाइल्सले गाडीहरूको जानकारीसँगै प्रसारण गर्ने अध्यक्ष रुद्र ढुङ्गेल जानकारी दिएका छन्।
रेडियो र अन्य श्रव्य माध्यमबाट उक्त जिङ्गल मार्फत रेसिङ अटोमोबाइल्सको मुख्य मान्यताहरू र यसको विशेषताहरूलाई श्रोताहरू समक्ष प्रस्तुत गर्ने उद्देश्य रहेको उनले थप जानकारी दिएका छन्।
कार्यक्रममा बोल्दै रेसिङ अटोमोबाइल्सका व्यापार योजना सल्लाहकार सिताराम भट्टराईले ‘प्रमोसनल जिङ्गल’ मा भनिए जस्तै रेसिङ अटोमोबाइल्स भरपर्दो र विश्वासनिय भएको दाबी गरेका छन्।
त्यसैगरी कार्यक्रममा, रेसिङ अटोमोबाइल्सले बिक्री गर्ने गाडीको अवस्था, त्यसको विगत र भविष्यमा देखापर्न सक्ने समस्याहरूको बारेमा पूर्ण जानकारी र पारदर्शिता सुनिश्चित गर्दै ‘No Accidental Records Certificate’ वितरण गर्ने कार्य प्रारम्भ गरेको छ।
कार्यक्रममा, रेसिङ अटोमोबाइल्सले लक्ष्मण गुरुङ्गलाई रेसिङ अटोमोबाइल्सकोतर्फ बाट ‘No Accidental Records Certificate’ प्रदान गरिएको छ।
प्रकाशित: १ आश्विन २०८२, बुधबार