
काठमाडौं ।
चीनको सवारी उद्योग समूहले घरेलु र विदेशी सवारी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ।
मङ्गलबार सार्वजनिक गरिएको विज्ञप्तिमा चीन सवारी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभाव रहित बजार आवश्यक रहेको बताएको छ।
सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित सवारी साधन विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ।
साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केहि एनालग चिपहरूको मूल्य अनुसन्धान सुरु गरेपछि आएको हो।
मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि सुरु गरेको जनाएको छ। रासस/सिन्ह्वा
प्रकाशित: १ आश्विन २०८२, बुधबार