यसअघि स्थगित कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक: अब असोज ७ र ८ गते हुने

Technology Khabar ३१ भाद्र २०८२, मंगलवार

यसअघि स्थगित कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक: अब असोज ७ र ८ गते हुने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यसअघि स्थगित भएको कक्षा १२ को पूरक परीक्षाको संशोधित तालिका प्रकाशन गरेको छ। बोर्डले २०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८१ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्ने विद्यार्थीहरु यो परीक्षामा बस्न पाउनेछन्।

यसबाहेक सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी वा कुनै एक विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूको लागि पनि मौका (पूरक) परीक्षाको तालिका प्रकाशन गरेको हो।

यसअघि तोकिएको परीक्षा जेन जी आन्दोलनका कारण स्थगित भएको थियो।

यस्तो छ तालिका

क्र.सं.संशोधित मितिविषय
असोज ७अनिवार्य अङ्ग्रेजी (००४१)
एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय
दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य पी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।
असोज ८दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय (यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन ।)

नियमहरु:

  • मौका (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिन ( मिति २०८२/०६/०७ गते) मै परीक्षामा सहभागी हुनुपर्ने छ।
  • अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ।
  • दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन ( अनिवार्य नेपाली (००२१) र अनिवार्य अङ्ग्रेजी (००४१) दुवै विषयमा परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोड ००२१ भएतापनि पहिलो दिन ००४१ विषयको परीक्षा दिनुपर्ने) परीक्षा दिनुपर्नेछ।
  • तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिनेछैन।
  • कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिनेछैन।
  • परीक्षाका लीग चाहिने ग्राफ पेपर, चार्ट, लगटेबल, गोश्वारा भौचर आदि जस्ता सामग्रीहरू परीक्षार्थी स्वयम्‌ले ल्याउनुपर्नेछ।
  • परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, ब्लुटुथ उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ । सूचना अवज्ञा गरी उपरोक्त सामग्री लगेको पाइएमा परीक्षा रद्द गरिनेछ।
  • परीक्षार्थीहरू १५ मिनेट अगाडि अनिवार्य रूपमा परीक्षा केन्द्र पुगी परीक्षा हलभित्र प्रवेश गरिसक्नु पर्नेछ।
  • यस अघि निर्धारण गरिएको परीक्षा केन्द्रबाट नै परीक्षामा सहभागी हुनुपर्ने छ । परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण बोर्डको वेवसाईटमा राखिएको छ।
  • तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिनुपर्नेछ । केन्द्र परिवर्तन गर्न पाइनेछैन।

बोर्डका सम्बन्धित कार्यालयहरूले यसै सूचना अनुसार गर्न गराउन पनि  अनुरोध गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार