Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
ओप्पोले मंगलबार एफ३१ प्रो र एफ३१ प्रो+ लाई भारतमा आधिकारिक रुपमा घोषणा गरेको छ। त्यसैगरी भेनिला एफ३१ पनि आउने भनिएको भए तापनि ब्रान्डको वेबसाइटमा भने यो मोडेल अहिलेसम्म लाइभ गरिएको छैन।
जीएसएमएरिनाका अनुसार एफ३१ प्रो स्पेस ग्रे र डेजर्ट गोल्ड रङ्गमा आएको छ। डिभाइसमा १२०हर्ज रिफ्रेस रेट, २४०हर्ज टच स्याम्पलिङ रेट र १,४००–निट पीक ब्राइटनेसको साथ ६.५७–इन्चको १०८०×२३७२ एएमओएलईडी स्क्रिन समावेश गरिएको छ।
एफ३१ प्रोमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको मोनोक्रोम क्यामरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध रहेको छ। डिभाइसमा रहेको ७,००० एमएएच ब्याट्रीले ८० वाट वायर्ड चार्जिङको लागि समर्थन गर्ने बताइएको छ।
एफ३१ प्रोमा मिडियाटेक डाइमेन्सिटी ७३००–इनर्जी एसओसी समावेश गरिएको छ भने यसको मापन १५८.२ × ७५ × ८.१ एमएम र तौल १९१ ग्राम रहेको छ।
यो आईपी६६, आईपी६८ र आईपी६९ धुलो र पानी प्रतिरोधको लागि प्रमाणित हुनुका साथै ओप्पोले यसलाई “ड्यामेज–प्रूफ ३६०–डिग्री आर्मर बडी” का रुपमा वर्णन गरेको छ। एफ३१ प्रो ८जीबी र्याम र १२८जीबी स्टोरेजको लागि २६,९९९ भारतीय रुपैयाँ, ८/२५६जीबीको लागि २८,९९९ भारतीय रुपैयाँ र १२/२५६जीबीको लागि ३०,९९९ भारतीय रुपैयाँ मा प्रि–अर्डरको लागि उपलब्ध छ।
त्यसैगरी, एफ३१ प्रो+ मा १२८०×२८०० रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, २४०हर्ज टच स्याम्पलिङ रेट र १,६००–निट पीक ब्राइटनेस भएको ६.७९ इन्चको एएमओएलईडी स्क्रिन रहेको छ। डिभाइसमा स्न्यापड्रागन ७ जेन ३ एसओसी समावेश गरिएको छ भने अन्यस्पेसिफिकेशनहरू प्रो मोडेलको जस्तै रहेका छन्। यो डिभाइस फेस्टिवल पिङ्क, हिमालयन ह्वाइट र जेमस्टोन ब्लू रङ्गमा उपलब्ध हुनेछ।
एफ३१ प्रो+ को मापन १६३.१ × ७७.६ × ७.९ एमएम र तौल २०४ ग्राम रहेको छ। यो डिभाइसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको लागि ३२,९९९ भारतीय रुपैयाँ कायम गरिएको छ भने १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियण्ट ३४,९९९ भारतीय रुपैयाँमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार