
काठमाडौं ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनमा राज्यको सम्पत्ति नष्ट हुँदा खुसी मनाउने जुगल गाउँपालिकाका कर्मचारी, शिक्षकलाई पालिकाले हाजिर नगराउने अध्यक्ष रेसम स्याङ्बोले बताएका छन्।
जेनजीको आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध थियो तर पालिकाका कर्मचारी तथा शिक्षकले उल्टै अब स्थानीय सरकारको पालो भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया पोस्ट गरेकाले सोमबारदेखि हाजिर नगर्न भनेको बताए।
“देशको सम्पत्ति जल्दै गर्दा खुसी मनाउने तपाईंहरू कर्मचारी हुनलायक हुनुहुन्न। अब देशको ठूलो धनराशि तपाईंहरू खुसी हुनका लागि जलाएको संरचना बनाउनलाई लाग्छ। आफैँले बुझेर राजीनामा दिनु, तपाईंहरू जस्तो भष्मासुरलाई राख्न सकिँदैन। यो मैले सम्बन्धित कर्मचारी तथा शिक्षकलाई भनेको हो, अरूलाई होइन,” अध्यक्ष स्याङ्बोले भदौ २८ गते सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार