साउनमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या र रकम दुवै घट्यो

Technology Khabar ३१ भाद्र २०८२, मंगलवार

साउनमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या र रकम दुवै घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ साउन समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवै ओरालो लागेको पाइएको हो। यो प्रवृत्ति अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्तिम महिना असारमा ठिक उल्टो रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्त जेठबाट असारमा पुग्दा सङ्ख्यामा ८१ हजार ८२३ ले वृद्धि भई समग्रमा ५ लाख ६४ हजार ४७ पुगेको थियो। तर असारबाट साउनमा आउँदा भने ५ हजार ८२१ ले बढेर समग्रमा ५ लाख ५८ हजार ३२६ मा झरेको छ।

कारोबार रकमका हिसाबले हेर्दा २०८२ जेठबाट असारसम्म पुग्दा कारोबार रकम ४ अर्ब ६९ करोड ६० लाखले बढेर समग्रमा २५ अर्ब ३३ करोड ५० लाख रुपैयाँ पुगेको थियो। तर असारबाट साउनमा पुग्दा भने २ अर्ब ५६ करोड १० लाखले घटेर २२ अर्ब ७७ करोड ४० लाखमा झरेको छ।

प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार