Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
आईफोन १७ लाइनअप बिक्रीमा आएको एक हप्ता पनि भएको छैन र एप्पलको अर्को फ्ल्यागशिपको बारेमा लीकहरू सतहमा देखा पर्न थालिसकेका छन्। सन् २०२६ मा आउने आईफोन १८ सिरिजमा सानो डायनामिक आइल्याण्ड हुने सक्ने र सबैभन्दा प्रतिक्षित डिजाइन अपग्रेडहरू मध्ये एक गुमाउन सक्ने चिनियाँ लीकर सेट्सुना डिजिटलको नयाँ रिपोर्टले खुलासा गरेको छ।
एप्पलले डायनामिक आइल्याण्ड कटआउटलाई कम गर्न काम गरिरहेको लीकले दाबी गरेको छ जसमा हाल फेस आईडी सेन्सरहरू र अगाडिको क्यामरा रहेको छ। यसलाई पूर्ण रूपमा हटाउनुको सट्टा, एप्पलले अझ कम्प्याक्ट संस्करण तयार गरिरहेको हुन सक्ने उल्लेख गरिएको छ। यसको अर्थ डिभाइसमा अहिलेसम्म कुनै अण्डर–डिस्प्ले फेस आईडी वा क्यामरा नहुने भनेर बुझ्न सकिने बताइएको छ जुन लामो समयदेखि चलिरहेको अफवाहहरूले भने यसको विपरित डिभाइसमा यी कुराहरु हुनेतर्फ संकेत गरेका छन्।
चिनियाँ लीकर सेट्सुना डिजिटलको यो जानकारी एप्पलको सन् २०२६ को योजनाहरूसँग मेल खाएको छ बताइएको छ। एप्पलको सन् २०२६ को योजनाहरूले लाइनअपमा अन्य परिवर्तनहरू ल्याउनका साथै एप्पलको पहिलो फोल्डेबल डिभाइस आउन सक्ने तालिका रहेको जनाइएको छ। साथै अण्डर–डिस्प्ले प्रविधि आईफोन १९ वा सायद सन् २०२७ मा विशेष वार्षिकोत्सव संस्करण अघि आउन सक्ने सम्भावना नभएको रिपोर्ट गरिएको छ।
सेट्सुना डिजिटलले आईफोन १७ मा भेपर चेम्बर कूलिङ प्रणाली रहने जानकारीको बारेमा सही रूपमा लीक गरेको थियो। यद्यपि, यस प्रकारका प्रारम्भिक लीकहरूलाई हल्का तवरमा लिनका लागि आग्रह गरिएको छ।
हालको यो लीक यदि सही भएको खण्डमा भने, आईफोन १८ ले रिडिजाइन (पुनः डिजाइन) भन्दा बढी रिफाइनमेण्ट (परिष्करण) को प्रतिनिधित्व गर्नेछ। एप्पलले अल–स्क्रिन आईफोन तयार पर्नको लागि आफ्नो समय लिइरहेको देखिन्छ भने सामसङ जस्ता प्रतिद्वन्द्वीहरूले फोल्डेबलहरूमा कडा मेहनत गरिरहेका छन्। अहिलेको लागि, सानो डायनामिक आइल्याण्ड एप्पलको सफा फ्रन्ट डिस्प्ले तर्फको सुस्त गतिको चालको अर्को चरण जस्तो देखिन्छ भनि गीज्मोचाइनाले रिपोर्ट गरेका छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार