Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
शाओमी स्न्यापड्रागन ८ एलिट जेन ५ को साथ फ्ल्यागशिप लन्च गर्ने पहिलो कम्पनी हुनेछ। केही समयको लागि भने स्न्यापड्रागन ८ एलिट जेन ५ सहितको उक्त फ्ल्यागशिप शाओमी १६ सिरिज हुने अपेक्षा गरिएको थियो। तर अब कम्पनीले आफ्नो योजनाहरूमा थोरै परिवर्तन गरेको पुष्टि गरेको छ।
शाओमी चीनले अब शाओमीले १६ सिरिजको सट्टा शाओमी १७ सिरिज लन्च गर्ने पुष्टि गरेको छ। शाओमी चीनले लाइनअपमा शाओमी १७, शाओमी १७ प्रो र शाओमी १७ प्रो म्याक्सगरी तीनओटा नयाँ फ्ल्यागशिपहरू समावेश हुने घोषणा गरेको छ।
शाओमीको यो कदम एप्पलको आईफोन १७ सिरिज सँग टक्कर लिनेको लागि भएको भनि कम्पनी आफैंले बताएको रिपोर्ट गरिएको छ।
शाओमीले भेनिला मोडेलको मूल्य वृद्धि नहुने पुष्टि पनि गरेको छ। यसको अर्थ शाओमी १७ को १२जीबी÷२५६जीबी संस्करणको मूल्य ४,४९९ चिनियाँ युआन बाट सुरु हुनेछ।
यसैबीच, १७ प्रो भने हल्लाहरूमा सुन्दै आए अनुसार कम्प्याक्ट फ्ल्यागशिप हुने पुष्टि गरिएको छ। हाई–इण्ड प्रविधि र इमेजिङको सन्दर्भमा शाओमी १७ प्रो म्याक्सलाई कम्पनीको “शाओमीको इतिहासमा सबैभन्दा शक्तिशाली फ्ल्यागशिप” को रूपमा वर्णन गरिएको छ।
डिभाइसहरुको बारेमा अहिलेसम्म थाहा भएका कुराः
शाओमी १७ र १७ प्रोमा अल्ट्रा–थिन बेजेलसहित ६.३ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ भने ठूलो प्रो म्याक्समा ६.८ इन्चको डिस्प्ले हुन सक्ने बताइएको छ। साथै तीनओटै डिभाइसले २के रिजोल्युसन भएका ओएलईडी प्यानलहरू प्रयोग गर्नेछन्।
तीन डिभाइसहरुमा पावरको लागि स्न्यापड्रागन ८ एलिट समावेश गरिने उल्लेख गरिएको छ। रिपोर्टहरूका अनुसार, बेस शाओमी १७ मा ७,०००एमएएच ब्याट्री समावेश गरिनेछ भने प्रो म्याक्समा ७,५००एमएएचको ब्याट्री हुन सक्ने जनाइएको छ। साथै कम्प्याक्ट १७ प्रोमा वायरलेस चार्जिङ समर्थनको साथ ठूलो ६,३००एमएएच सेल प्याक गर्ने भनिएको छ।
क्यामरातर्फ, शाओमी १७ प्रो र प्रो म्याक्समा स्मार्टसेन्स ५९० ५०–मेगापिक्सेलको मुख्य सेन्सर, ५०–मेगापिक्सेलको अल्ट्रा–वाइड र म्याक्रो समर्थन भएको ५०–मेगापिक्सेलको पेरिस्कोप टेलिफोटोमा अपग्रेड गर्ने हल्ला रहेको छ। डिभाइसको अगाडि, तीनओटै मोडेलहरूमा अटोफोकससहित ५०–मेगापिक्सेलको सेल्फी क्यामेरा हुने अपेक्षा गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार