Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
मोटो प्याड ६० प्रो र मोटोरोला एज ६० नियो पछि भारतमा अब मोटो प्याड ६० नियो अनावरण गरिएको छ। ट्याब्लेटमा ९० हर्ज रिफ्रेस रेट र ५००–निट्स पीक ब्राइटनेसको साथ ११ इन्चको २५६०×१६०० एलसीडी स्क्रिन, डाइमेन्सिटी ६३०० एसओसी, ८ जीबी र्याम, १२८ जीबी एक्सपाण्डेबल युएफएस २.२ स्टोरेज, अटोफोकस भएको ८ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फिक्स्ड फोकस फ्रण्ट क्यामरा र २० वाटको वायर्ड चार्जिङको लागि समर्थन भएको ७,०४० एमएएच ब्याट्री समावेश गरिएका छ।
रोचक कुरा के छ भने, ट्याब्लेटको बक्समा ६८ वाट चार्जर पनि रहेको छ। ट्याब्लेटमा फिङ्गरप्रिण्ट सेन्सर र कम्पन मोटर भने उपलब्ध नभएपनि डिभाइसमा बण्डल्ड स्टाइलस, ३.५ एमएम हेडफोन ज्याक र डल्बी एटमस समर्थन भएको क्वाड स्पिकरहरू प्राप्त गरिने जनाइएको छ। यो ट्याब्लेट डस्ट (धुलो) र स्प्ल्यास (छिटा) प्रतिरोधको लागि आईपी५२ मूल्याङ्कन गरिएको छ भने यसको मापन २५४.५९ × १६६.१५ × ६.९९ एमएम र तौल ४९० ग्राम रहेको छ। यस ट्याब्लेटमा फाइभजी कनेक्टिभिटी साथै जीपीएस बिल्ट–इन पनि उपलब्ध रहेको छ।
मोटो प्याड ६० नियो केवल प्यान्टोन ब्रोन्ज ग्रीन रङ्गमा उपलब्ध हुने बताइएको छ जसको मूल्य १७,९९९ भा.रु. कायम गरिएको छ। यो ट्याब्लेट सेप्टेम्बर २२ देखि मोटोरोला र फ्लिपकार्टबाट उपलब्ध हुनेछ। साथै भारतमा बैंक अफरहरूसँगै, यस ट्याब्लेटको मूल्य रु १२,९९९ मा झर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार