Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
ब्ल्याकरकले बेलायतमा डाटा सेन्टर पूर्वाधारमा ५० करोड पाउन्ड (७० करोड डलर) लगानी गर्ने योजना बनाएको स्काई न्युजले शनिबार जनाएको छ। यो लगानी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी साता हुने राजकीय भ्रमणका क्रममा घोषणा हुने सम्झौताहरूमध्ये एक हुने बताइएको छ।
ब्ल्याकरक र डाउनिङ स्ट्रिटले यसबारेमा रोयटर्सको टिप्पणी मागलाई तत्कालै जवाफ दिएका छैनन्। रिपोर्टअनुसार ब्ल्याकरकले डिजिटल ग्राभिटी पार्टनर्ससँगको नयाँ सहकार्यमार्फत लगानी गर्नेछ।
ब्ल्याकरकका प्रमुख कार्यकारी लरी फिंकले ओपनएआईका साम आल्टम्यान र ब्ल्याकस्टोनका स्टिफन श्वार्जम्यानसँगै ट्रम्पको भ्रमणमा सहभागी हुने व्यवसायिक टोलीमा सामेल हुने स्काई न्युजले यसै साता रिपोर्ट गरेको थियो। ब्लूमबर्ग न्युजले बिहीबार जनाएको अनुसार आल्टम्यान र एनभिडियाका प्रमुख कार्यकारी जेनसन हुआङले पनि बेलायतमा अर्बौँ डलर बराबरको डाटा सेन्टर लगानीमा समर्थन जनाउने प्रतिवद्धता गर्ने योजना बनाएका छन्।
यी लगानीहरूले कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङले बढाइरहेको डिजिटल पूर्वाधारको मागलाई स्पष्ट रूपमा देखाएको बताइएको छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार