आन्दोलनका क्रममा चोरिएका सामान फिर्ता गर्न, चोर्नेको सूचना/भिडियो उपलब्ध गराउन संसद सचिवालयको आग्रह

Technology Khabar ३० भाद्र २०८२, सोमबार

आन्दोलनका क्रममा चोरिएका सामान फिर्ता गर्न, चोर्नेको सूचना/भिडियो उपलब्ध गराउन संसद सचिवालयको आग्रह

काठमाडौं ।

जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन (संघीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन) बाट लुटिएका/चोरिएका सामान फिर्ता गर्न संघीय संसद सचिवालयले सबैमा आग्रह गरेको छ।

सचिवालयले गत भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन (संघीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन) र भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यामबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको बताएको गरेको छ।

‘त्यस्ता मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको बतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ। साथै उल्लिखित मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ। भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार