Technology Khabar ३० भाद्र २०८२, सोमबार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित विभिन्न पदहरूको लिखित परीक्षा असोज १ गतेसम्मका लागि स्थगित भएको जनाएको छ। आयोगले यसअघि २०८२ साउन १५ र २२ गते प्रकाशित सूचनाअनुसार परीक्षा तालिका सार्वजनिक गरेको थियो।
आयोगका अनुसार २०८२ भदौ २४ गतेदेखि असोज १ गतेसम्म तोकिएका सबै पदहरूको लिखित परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।
अब असोज २ गतेदेखि हुने परीक्षा सम्बन्धी विवरण भने यथावत् रहने उल्लेख गरिएको छ। आयोगका प्रमुख विष्णु प्रसाद अर्यालद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ, “२०८२ असोज २ गतेदेखि हुने परीक्षा सम्बन्धी अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा यथावत् रहनेछ।”
यस निर्णयसँगै आयोगद्वारा तोकिएका परीक्षा तयारीमा रहेका उम्मेदवारहरूलाई नयाँ मिति र तालिका अर्को सूचनामार्फत सार्वजनिक गरिने आयोगले जनाएको छ।
यसअघि विश्वविद्यालयकै मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले पनि स्नातक र स्नातकोत्तरका परीक्षा साथै प्रवेश परीक्षासमेत अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको सूचना प्रकाशित गरेको थियो।
प्रकाशित: ३० भाद्र २०८२, सोमबार