आईफोन १७ सिरिजको घोषणा पछि एप्पलले अब यी उत्पादनहरू उपलब्ध नगराउने

Technology Khabar ३० भाद्र २०८२, सोमबार

आईफोन १७ सिरिजको घोषणा पछि एप्पलले अब यी उत्पादनहरू उपलब्ध नगराउने

काठमाडौं ।

गत हप्ता एप्पलले आफ्नो नयाँ आईफोन १७ परिवारको आधिकारिक घोषणा गरेको छ। एप्पलले आफ्नो धेरै नयाँ डिभाइसहरूमा आईफोन, एप्पल वाच र एयरपडहरूको पछिल्लो सिरिज प्रस्तुत गरेको छ।

यद्यपि, एप्पल डट कम वेबसाइटले भने अब केही पुराना डिभाइसहरूको अफर क्याटलगमा छैनन् भन्ने कुराको खुलासा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

“अवे ड्रपिङ” कार्यक्रम पछि क्युपर्टिनो कम्पनीले अफरबाट हटाएको उत्पादनहरूको सूची यहाँ छन्ः

  • आईफोन १६ प्रो, आईफोन १६ प्रो म्याक्स
  • आईफोन १५, आईफोन १५ प्लस
  • एप्पल वाच अल्ट्रा २, एप्पल वाच सिरिज १०, एप्पल वाच एसई २
  • एयरपड्स प्रो २

सुधारिएको विशिष्टताहरू सहित नयाँ संस्करणहरू प्रस्तुत गरेपछि पुराना डिभाइसहरू बन्द गर्ने एप्पलको लागि यो वार्षिक रुपमा चल्दै आएको चलन भएको बाइएको छ।

यस तरिकाले, कम्पनीले आफ्नो अफरिङलाई सरल बनाउने गरेको छ र प्रयोगकर्ताहरूलाई नवीनतम मोडेलहरू किन्नका लागि प्रोत्साहित पनि गर्दछ।

यी बन्द गरिएका एप्पल उत्पादनहरूको आपूर्ति रहे सम्मका लागि अनलाइन खुद्रा विक्रेताहरू र अधिकृत वितरकहरूमा भने उपलब्ध हुन सक्ने रिपोर्ट गरिएको छ।

त्यसका साथै ती डिभाइसहरू प्रयोग गरिएको फोन बजारमा वा नवीकरण गरिएका डिभाइसहरूको रूपमा पनि देखा पर्न सक्नेछन्। साथै एप्पलले बिक्री बन्द गरेको पाँच वर्ष पछि डिभाइसलाई “भिन्टेज” (पुरानो) मोडेलको रूपमा घोषणा गर्ने गरेको छ।

त्यसैगरी उत्पादन बन्द भएको सात वर्ष पछि, उत्पादनलाई “अप्रचलित” (अब्सोलेट) सूचीमा राखिने गरिएको छ।

एप्पलको स्मार्टफोनहरूको हालको लाइनअपमा अब आईफोन १७, आईफोन १७ प्रो÷प्रो म्याक्स, आईफोन १७ एयर, आईफोन १६ई र गत वर्षको आधार मोडेल आईफोन १६ समावेश छन्।

स्मार्टवाचतर्फ, अब एप्पल वाच अल्ट्रा ३, एप्पल वाच सिरिज ११, एप्पल वाच एसई ३ र सिरिज ११ मा आधारित एप्पल वाच हर्मेस उपलब्ध हुनेछन्।

एप्पल एयरपड्स हेडफोन तर्फ, एयरपड्स प्रो ३, एयरपड्स ४, र एयरपड्स म्याक्स उपलब्ध छन्।

“अवे ड्रपिङ” लन्च कार्यक्रममा प्रस्तुत गरिएका सबै नयाँ उत्पादनहरू सेप्टेम्बर १९ देखि खरिदका लागि उपलब्ध हुनेछन्।

 

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार