अमेरिकामा आईफोन १७ प्रो म्याक्सको प्रि–अर्डर डेलिभरी अक्टोबरको लागि सर्ने

Technology Khabar ३० भाद्र २०८२, सोमबार

अमेरिकामा आईफोन १७ प्रो म्याक्सको प्रि–अर्डर डेलिभरी अक्टोबरको लागि सर्ने

काठमाडौं ।

पहिलो लहर अन्तर्गत ६३ देशहरूमा शनिबारदेखि नयाँ आईफोन १७ परिवारको प्रि–अर्डरहरू लाइभ भएका छन्। यस पहिलो लहरको देशहरूको सूचीमा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, चीन, कोलम्बिया, फ्रान्स, जर्मनी, भारत, जापान, मलेसिया, मेक्सिको, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, टर्की, युएई, भियतनाम र अन्य समावेश छन्।

कम्पनीका यी धेरैजसो आधिकारिक अनलाइन एप्पल स्टोरहरू हेर्दा एप्पलले बताएको सेप्टेम्बर १९ ( आधिकारिक लन्च मिति) देखि प्रि–अर्डर डेलिभरी हुने अपेक्षा गरिएको छ। यद्यपि, विशेष गरी अमेरिकममा आईफोन १७ प्रो म्याक्सको अमेरिकी प्रि–अर्डरहरू निकै लोकप्रिय देखिएको हुनाले एप्पल डट कममा यस डिभाइसको अपेक्षित डेलिभरी विन्डो अब “३–४ हप्ता” वा चाँडो भन्दा चाँडो भनेको अक्टोबरको सुरुवातमा हुने रिपोर्ट गरिएको छ।

आईफोन १७ प्रो म्याक्सको अपेक्षित डेलिभरी अब प्रभावित हुने जस्तो देखिएको हुनाले सेप्टेम्बर १९ मा प्रो म्याक्स प्राप्त गर्न सकिने सम्भावना कम भएको उल्लेख गरिएको छ। यद्यपि, उक्त मितिमा केही निर्धारित इन–स्टोर युनिट पिकअपहरू भने फेला पार्न सक्ने रिपोर्ट गरिएको छ। त्यसका साथै, यो केवल आधिकारिक एप्पल अनलाइन स्टोर हो भनि थप उल्लेख गरिएको छ। वाहकहरू र तेस्रो–पक्ष विक्रेताहरूसँग अझै पनि स्टक हुन सक्ने जनाइएको छ।

विभिन्न बजारहरूमा आईफोन १७ परिवारको सुरुवाती मूल्यहरूको सूची यहाँ छन्। सबै नयाँ डिभाइसहरू २५६जीबी स्टोरेजबाट सुरु हुन्छन्। साथै केही नियामक समस्याहरूका कारण चीनमा आईफोन एयर भने ढिलो उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया