Technology Khabar २९ भाद्र २०८२, आईतवार
काठमाडौं ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर पारेको बताएको छ।
संस्थाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो भएको बताउँदै तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरेको हो।
“कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ। देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ,” नाडाले भनेको छ।
यसैगरी सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ।
छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुन नाडाले शुभकामना व्यक्त गरेको छ।
प्रकाशित: २९ भाद्र २०८२, आईतवार