Technology Khabar २९ भाद्र २०८२, आईतवार
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले केही दिनअघिको जेन जीको प्रदर्शनका क्रममा देशका विभिन्न ठाउँमा रहेका निजी, सरकारी तथा व्यापारिक भवनबाट लुटिएका सरसामान र दस्तावेज बिक्री नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
ब्यूरोले आज एक विज्ञप्ति प्रकाहित गरी यसबारे जानकारी गराएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यहि २०८२ भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक बित्तीय संस्था लगायतका संरचनाहरुमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री बितरण भईरहेको भन्ने सुचना प्राप्त भएको हुँदा सो सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो (CIB) बाट अनुसन्धान भईरहेको र व्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गर्दछौं।’
यसबाहेक यस्ता कुनै जानकारी तथा सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न वा बुझाई दिन अनुरोध गर्दै यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
प्रकाशित: २९ भाद्र २०८२, आईतवार