भायानेटको इन्टरनेट र भायाटिभी सेवा सुचारु

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
भायानेटको इन्टरनेट र भायाटिभी सेवा सुचारु

काठमाडौं ।

भायानेटको इन्टरनेट र भायाटिभी सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ। कम्पनीले केही दिनअघि प्रदर्शनका क्रममा थापाथलीस्थित डाटा सेन्टरमा आगजनी भएपछि समस्या आएको सेवा आजबाट सामान्य अवस्थामा फर्किएको जानकारी गराएको हो।

कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा नपुगे पनि अधिकांश ग्राहकले सहज रूपमा प्रयोग गर्न सक्ने स्थिति बनेको छ।

कम्पनीका अनुसार बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सारिसकेपछि सेवा पूर्ण रूपमा स्थिर हुने अपेक्षा गरेको छ। सर्भर सार्ने क्रममा इन्टरनेटको गतिमा केही समय सुस्तता आउन ससक्ने सम्भावना भने रहेको बताइएको छ।

यससँगै भायानेटको ग्राहक मोबाइल एप पुनः सञ्चालनमा आएको छ भने, कल सेन्टर पनि अझै बढी क्षमतासहित सक्रिय भएको कम्पनीले जनाएको छ।

फाइबर प्राविधिक टोलीले लगातार मेहनत गरी हालका घटनामा क्षतिग्रस्त अधिकांश फाइबर लाइन मर्मत सम्पन्न गरिसकेको कम्पनीको दावी छ।
भायानेटले अप्रत्याशित समस्याबीच पनि ४८ घण्टाभित्र सेवा सामान्य अवस्थामा ल्याउन सफल भएको भन्दै यसले आफ्नो नेटवर्कको मजबुती र प्राविधिक टिमको समर्पण देखाएको बताएको छ।

साथै, कम्पनीले यस अनुभवले भविष्यमा सेवा अवरोधको जोखिम कम गर्न प्रणाली अझ सबल बनाउन प्रेरणा दिएको उल्लेख गरेको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २९ भाद्र २०८२, आईतवार