‘हामी नेपाल’ का सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो

  • Technology Khabar | २९ भाद्र २०८२, आईतवार
‘हामी नेपाल’ का सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो

काठमाडौं ।

जेनजीको अग्रभागमा रहँदै आएको ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन भाँडिएको छ।

उनले आइतबार  रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

पत्रकार सम्मेलनमा गुरुङले अन्तरिम सरकारले आफूहरुले भनेजस्तो नगरेमा यो सरकार पनि ढाल्ने चेतावनी दिए।

उनले संसद् विघटन गरिनुपर्छ भन्ने आफूहरुको पहिलो माग भएको र त्यो पूरा भएको बताएका थिए। तर, आफूहरुको आन्दोलन अझैपनि जारी रहेको उनको भनाई छ।

उनले भने,‘हाम्रो ओरिजिनल माग चाहीँ पूरा भएको छैन । आन्दोलन जारी छ। आन्दोलन म एक्लै भएपनि लड्न सक्छु । जति फेक मिडिया आएपनि म लड्न सक्छु।’

उनले सबैले आन्दोलनको आव्हान गरेको भन्दै आफूले मात्र नगरेको बताए। उनले नयाँ नेपाल बनाएको र आफू एक्लै भएपनि अन्तिमसम्म लड्ने चेतावनी दिए।

उनले आफू नेपाली नै भएको भन्दै मलाई भारतीय वा चिनियाँ नभन्न आग्रह गरे।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...