सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेः यातायात व्यवस्था विभाग

Technology Khabar २९ भाद्र २०८२, आईतवार

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहनेः यातायात व्यवस्था विभाग

काठमाडौं ।

गत हप्ता सोमबार र मंगलबार (मिति २०८२/०५/२३ र २४ गते) भएको जेनजीको विरोध प्रदर्शनको क्रममा काठमाण्डौँको मीनभवनस्थित यातायात व्यवस्था विभागको संरचना तोडफोड भएको छ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागमा भएको तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएको सूचना जारी गरिएको छ।

त्यसैगरी सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (eDLVRS) सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सुचना नआएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोराको बारेमा सूचनामा थप उल्लेख गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार