प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक र ट्विटर एकाउन्टमा फोटो मात्रै परिवर्तन, अन्तिम अपडेट ११ दिनअघिकै कायम

Technology Khabar २९ भाद्र २०८२, आईतवार

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक र ट्विटर एकाउन्टमा फोटो मात्रै परिवर्तन, अन्तिम अपडेट ११ दिनअघिकै कायम

काठमाडौं ।

प्रधानमन्त्रीले प्रयोग गर्दै आएका आधिकारिक सामाजिक सञ्जाल एक्स तथा फेसबुक अकाउन्टमा पछिल्लो पोस्ट ११ दिन अघि अर्थात् गत सेप्टेम्बर ३ तारिखको रहेको पाइएको छ।

शनिबार अबेरसम्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नै फोटो राखिएकोमा सामाजिक सञ्जालहरुमा आक्रोश व्यक्त हुँदै आएपछि आज ती अकाउन्टका प्रोफाइल फोटो भने परिवर्तन गरेर नेपाल सरकारको लोगो राखिएको छ। त्यही लोगो परिवर्तनबाहेक अन्य नयाँ अपडेट छैन।

दुवै फेसबुक तथा एक्स अकाउन्टमा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको नियुक्तिपछिको औपचारिक बधाई, सपथ ग्रहणको जानकारी, फोटो भिडियो हालसम्म देखिएको छैन।

यी दुवै अकाउन्टमामा रहेका अन्तिम पोस्ट गत सेप्टेम्बर ३ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको थियान्जिनमा आयोजना भएको शाङ्घाइ सहयोग संगठनको २५ औँ शिखर सम्मेलन (SCO Tianjin Summit 2025) तथा बेइजिङमा भएको 80th Commemoration of the Victory मा सहभागी भएर स्वदेश फर्कँदै गर्दा हिमालय एयरलाइन्सको जहाजबाट ओर्लँदै गर्दाको रहेको छ।

उक्त फेसबुक तथा एक्स अकाउन्ट यसअघि प्रधानमन्त्रीको सचिवालयले चलाउँदै आएको थियो।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार