Technology Khabar २९ भाद्र २०८२, आईतवार
काठमाडौं ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार सुशीला कार्की नियुक्त भएसँगै मन्त्रिपरिषद् गठनको प्रक्रिया शुरु गरिएको छ। यसको लागि मन्त्रिहरुको चयन अनलाइनमार्फत हुने भएको छ।
जेनजीले विभिन्न अनलाइन प्लेटफर्ममार्फत मन्त्रीहरुका लागि सुझाव संकलन गरिरहेका हुन्।
जेनजी पुस्तालाई साथमा लिएर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री कार्कीको योजना रहेकाले युवाहरूले यो अभियान थालेका हुन्।
उक्त अनलाइनमार्फत मागिएको सुझाबमा कसलाई कुन मन्त्रालयको जिम्मा दिन ठिक हुन्छ र त्यसको कारण के हो भनेर बताउनुपर्नेछ। गुगल फर्ममा नेता वा विषय विज्ञको नाम सम्बन्धित मन्त्रालय र निज व्यक्ति किन योग्य छ भन्ने कारण भरेर पठाउन आव्हान गरेका छन्।
अहिलेको अन्तिरम सरकारमा जेनजीले विज्ञतालाई प्राथमिकता दिने र आफूहरु सरकारमा नजाने बताउँदै आएका छन्।
यो सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनेछ।
प्रकाशित: २९ भाद्र २०८२, आईतवार