काम गर्ने क्रममा कामदार घाइते भएपछि इलन मस्कको द बोरिङ कम्पनीको काम स्थगित

Technology Khabar २८ भाद्र २०८२, शनिबार

काम गर्ने क्रममा कामदार घाइते भएपछि इलन मस्कको द बोरिङ कम्पनीको काम स्थगित

काठमाडौं ।

इलन मस्कको द बोरिङ कम्पनीले लास भेगास विमानतर्फ जाने सुरुङमा भइरहेको काम एक मजदुर घाइते भएपछि स्थगन गरेको छ। फर्च्युनका अनुसार बुधबार राति ढिलो भएको ‘क्रशिङ इन्ज्युरी’ घटनापछि नेभाडा अक्युपेशनल सेफ्टी एण्ड हेल्थ एडमिनिस्ट्रेशन (ओएचएसए) ले छानबिन थालेको छ।

टेकक्रञ्चका अनुसार क्लार्क काउन्टी फायर डिपार्टमेन्टले बुधबार राति १०:१२ स्थानीय समयमा कल प्राप्त गरी १८ जनाको उद्धार टोली खटाएको थियो। के भएको भन्ने स्पष्ट नभए पनि उद्धारकर्ताले अनसाइट क्रेन प्रयोग गरी घाइतेलाई निकालेर अस्पताल पुर्‍याएका थिए। फायर डिपार्टमेन्टका अनुसार घाइतेको अवस्था “स्थिर” छ।

द बोरिङ कम्पनीले पछिल्ला केही वर्षदेखि लास भेगास कनभेन्सन सेन्टरलाई नजिकका केही होटल–क्यासिनोसँग जोड्ने सुरुङ निर्माण गर्दै आएको छ। हाल करिब ३.५ माइल लामो सुरुङमार्गमा ३० लाखभन्दा बढी यात्रा भइसकेका छन्। कम्पनीले विमानस्थलसहित सम्पूर्ण लास भेगासलाई भूमिगत सुरुङमार्गमार्फत जोड्ने ठूलो योजना अघि सारेको छ।

तर निर्माण क्रममा दर्जनौँ मजदुर घाइते भइसकेका छन्। यसै परियोजनाका पूर्व–सुरक्षा प्रबन्धकले समेत काम गर्ने स्थलहरूमा देखिएका जोखिमबारे सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: २८ भाद्र २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार