जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका तस्बिर तथा भिडिओ उपलब्ध गराउन प्रहरीको आग्रह

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका तस्बिर तथा भिडिओ उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका तस्बिर तथा भिडिओ उपलब्ध गराउन आग्रह गरेको छ। शुक्रबार एउटा सूचना जारी गर्दै प्रहरीले त्यस्ता फोटो भिडियो उपलब्ध गराउने तथा विवरण दिने व्यक्तिको नाम गोप्य राखिने जनाएको छ।

उग्र बनेको आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गइसकेको छ। आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालतहरू, राष्ट्रपति कार्यालय, नेताहरूका निवास र विभिन्न मार्टमा तोडफोड र आगजनी भएको उल्लेख गरिएको छ।

त्यसैगरी, आन्दोलनकै बीचमा प्रहरीका कार्यालयमा आगजनी हुनुका साथै हतियार र बर्दी समेत लुटिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार