अमेरिकाको नेभाडा राज्यमा स्वचालित सवारी प्रविधि परीक्षण सुरु गर्ने टेस्लाको तयारी

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

अमेरिकाको नेभाडा राज्यमा स्वचालित सवारी प्रविधि परीक्षण सुरु गर्ने टेस्लाको तयारी

काठमाडौं ।

नेभाडाको मोटर वाहन विभाग (डीएमभी) बाट नयाँ अनुमति पाएपछि टेस्लाले राज्यका सार्वजनिक सडकमा आफ्ना स्वचालित सवारी प्रविधि परीक्षण सुरु गर्ने तयारी गरेको छ।

टेस्ला इन्फ्लुएन्सर सयर मेरिटले पहिलोपटक देखाएको यो परीक्षण अनुमति कम्पनीका प्रमुख कार्यकारी एलोन मस्कले अस्टिन बाहिरका बजारमा विस्तार गर्ने योजना सार्वजनिक गरेको दुई महिनापछि आएको हो।

जुलाई २३ मा दोस्रो त्रैमासिक आम्दानीबारे भएको कॉलमा मस्कले भनेका थिए, “हामी सेवा क्षेत्र प्रतिस्पर्धीहरूले गरिरहेकोभन्दा धेरै बढाउने तयारीमा छौं, आशा छ एक-दुई हप्ताभित्रै। हामी बे एरिया, नेभाडा, एरिजोना, फ्लोरिडा र अन्य धेरै स्थानमा अनुमति पाउँदैछौं। सुरक्षा प्रमाणित भएपछि हामी देशभर स्वचालित राइड-हेलिङ सेवा सुरु गर्नेछौं। हाम्रो लक्ष्य यस वर्षको अन्त्यसम्म अमेरिकाको करिब आधा जनसंख्यामा यो सेवा ल्याउने हो, तर यो नियामक स्वीकृतिमा निर्भर छ।”

टेस्लाले यसै वर्ष अघिल्लो महिनामा अस्टिनमा ड्राइभरबिहीन मोडेल वाई एसयूभी मार्फत यात्रुहरूलाई सेवा दिन सुरु गरेको थियो। सुरुमा दक्षिण अस्टिनमा मात्रै सीमित यो ‘रोबोट्याक्सी’ सेवा विस्तार हुँदै अहिले शहरका धेरै भागमा पुगिसकेको छ।

नेभाडामा टेस्ला वा कुनै पनि कम्पनीले सार्वजनिक सडकमा स्वचालित सवारी परीक्षण गर्न सजिलो प्रक्रिया पुरा गर्नुपर्छ। डीएमभीमा परीक्षण रजिष्ट्रि फाराम बुझाउनुपर्छ, जसलाई अनुमोदन भएपछि “सर्टिफिकेट अफ कम्प्लायन्स” र हरेक गाडीका लागि रातो नम्बर प्लेट दिइन्छ।

मेरिटका अनुसार टेस्लाले उक्त प्रमाणपत्र पाइसकेको छ। नेभाडा डीएमभीका प्रवक्ताले पुष्टि गरेअनुसार टेस्लाले सेप्टेम्बर ३ मा परीक्षण रजिष्ट्रि प्रमाणपत्र बुझाएको थियो र बुधबार डीएमभीको व्यवसाय अनुमतिपत्र शाखाले प्रक्रिया पूरा गरेको छ।

टेकक्रञ्चका अनुसार प्रवक्ता हेले फोस्टरका अनुसार टेस्लालाई राज्यमा स्वचालित गाडी परीक्षण गर्ने छुट मिलिसकेको छ तर सामान्य सञ्चालनका लागि भने अझै अनुमति छैन। उनले भनेकी छन्, “पूर्ण कार्यक्रम (जस्तै रोबोट्याक्सी) सञ्चालन गर्न टेस्लाले ‘सेल्फ-सर्टिफिकेशन’ प्रक्रिया पूरा गर्नुपर्नेछ।”

नियमअनुसार, सार्वजनिक सडकमा परीक्षण गर्ने कम्पनीहरूले कम्तीमा ५० लाख डलरको बीमा भएको प्रमाण देखाउनुपर्छ। गाडी सडकमा चलेपछि कुनै दुर्घटना भएमा १० दिनभित्र डीएमभीलाई रिपोर्ट गर्नुपर्ने हुन्छ।

स्वचालित सवारीप्रति अनुकूल नियामक वातावरण भएकाले नेभाडा यो क्षेत्रमा सक्रिय केन्द्र बनेको छ। मोटियन र लिफ्टले वर्षौंसम्म लस भेगासका सडकमा परीक्षण गरेका थिए भने नुरोले राज्यमै बन्द परीक्षण ट्र्याक स्थापना गरेको थियो।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार