विषम परिस्थितिमा ‘कताहो’ सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

विषम परिस्थितिमा ‘कताहो’ सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

काठमाडौं ।

विषम परिस्थितिमा नेपाली समाजलाई थप सुरक्षित बनाउन ‘कताहो’ मोबाइल एपले सामुदायिक सुरक्षा सेवा सुरु गरेको छ।
यस अन्तर्गत परिवार सुरक्षा सुविधा, सामुदायिक सुरक्षा सुविधालगायतका छन्।

परिवार सुरक्षा सुविधा

यो सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाइ जानकारी गराउँछ। यो सेवा लिनका लागि ‘कताहो’ प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन्। यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा ‘कताहो’ एप रजिष्टर भएको हुनुपर्नेछ ।

सामुदायिक सुरक्षा सुविधा

नेपालभर कुनै पनि ठाउँमा बसोबास गर्ने २०–३० सदस्यहरू मिलेर प्रयोग गर्न सकिने यो प्रणाली आफन्त, टोल, समाज, कार्यालय वा साथीहरूको समूहमा सञ्चालन गर्न सकिन्छ। यो कार्यका लागि आधिकारिक फाराम भरेर टिम लिडर वा संयोजक नियुक्त गर्नुपर्ने छ।

टिम लिडरले आफ्ना सदस्यहरूलाई दर्ता गरेपछि, कुनै सदस्यलाई समस्या परेमा साइरन बजाएर समूहका सबै सदस्यलाई तुरुन्तै सूचना पुर्याउन सकिन्छ।

यस प्रणाली प्रयोग गरी मोबाइल वा टेलिफोनमार्फत सुरक्षा कोड थिच्दा साइरन बज्ने मात्र नभई सदस्यहरूको मोबाइलमा एकैपटक आकस्मिक सूचना पुग्ने सुविधा रहेको छ।

यसबाहेक  एण्ड्रोइड र आइफोन दुवैमा जडान गर्न सकिने ‘कताहो’ सामुदायिक साइरन सेवा, वि.सं २०८२ साल असोज मसान्तसम्म अधिकतम ३० सदस्यीय सामुदायिक समूहहरूका लागि निःशुल्क उपलब्ध गराउने
र नेपालभर जुनसुकै स्थानमा समस्या परे पनि एपमार्फत ठेगानासहित जानकारी पठाउन सकिने सुविधा पनि प्रदान गरिएको कता हो का संस्थापक रामलक्ष्मण रिमालले जानकारी दिएका छन्।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार